महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा विवाद चर्कियो, महासचिव झासहित ९ नेता अलग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २, शुक्रबार (५७ मिनेट अघि)
  • ३० पटक पढिएको
महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा विवाद चर्कियो, महासचिव झासहित ९ नेता अलग

काठमाडौं, ०२ असोज । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झासहित नौ जना केन्द्रीय नेताहरुले पार्टी परित्याग गरेका छन् ।

पछिल्ला राजनीतिक घटनाक्रमहरुले पुराना शैली र पुराना व्यक्तिहरुबाट अब देशको राजनीति अगाडि बढ्ने स्थिति नरहेको भन्दै उनीहरुले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेहरुमा महासचिव झासहित केन्द्रीय सदस्यहरु चन्द्रानन्द मिश्र, पंकज कुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु छन् ।

पार्टी परित्याग गर्नुको कारणबारे झाले भने, ‘हाम्रो मातृभूमिलाई सुहाउने वैचारिकीको आधारमा बलियो अर्थतन्त्रको निर्माण गर्न सहयोग मिल्ने अर्थ राजनीतिको सहारा लिई अगाडि बढ्नु पर्दछ । यसको निम्ति सामाजिक सांस्कृतिक चेतना विकासको निम्ति अभियानमा निरन्तरता, राजनीतिक चेतनाको निम्ति संघर्षमा जोड दिदै आर्थिक चेतनाको निम्ति विद्रोहको तैयारी गर्दैछौं ।’

उनले विचार सहितको विकल्प र विकल्प सहितको विद्रोहको निम्ति अबको यात्रा ‘हुंकार मधेश अभियान’सँग हुने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस