चैत्र ०८ गते।
स्वार्थी नेताहरू देशको लागि जति घातक हुन्छन त्यो भन्दा बढी घातक झोले कार्यकर्ताहरू हुन्छन। झोले कार्यकर्ताहरूले नै स्थार्थी नेताहरूलाई पटक पटक चुनावमाविजयी तुल्याइ दिन्छन। झोले कार्यकर्ताहरूलाई उपयोग गरेर स्वार्थी नेताहरू सत्तामा पुग्छन। स्वार्थी नेताहरूलाई सत्तामा लामो समयसम्म आसिन गराउने कार्य पनि झोले कार्यकर्ताहरूले नै गर्छन। तर झोले कार्यक्रताहरू पनि कम बाठा हुँदैनन। उनीहरूको उद्देश्य स्वार्थी नेतालाई सत्तामा पुर्याएर आफूहरूले अनेक फाइदाहरू लिनु रहेको हुन्छ। यसप्रकार झोले कार्यकर्ता र स्वार्थी नेता बिच एक किसिमको रणनीतिक साझेदारी ९कतचबतभनष्अ बििष्बलअभ० बनेको हुन्छ र त्यो रणनीति साझेदारी अनुसार नै एक अर्कोको लागि कार्य गर्छन। राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव निरन्तर कायम राख्न सक्छन।झोले कार्यकर्ताहरू यति सम्म बलियो हुन्छन कि उनीहरूले एक किसिमले छाया सरकार भएर काम गर्छन। विकासशील राष्ट्रहरूमा झोले कार्यक्रताहरूको प्रभुत्व र प्रभाव दुबै बलियो हुन्छ। विकसित देशहरूमा भने झोले कार्यकर्ताहरूको दबदबा लगभग शून्य हुन्छ।
यहाँ झोले कार्यकर्ता भन्नाले जनताको लगि होइन आफ्नो स्वार्थको लागि केन्द्रीय नेताहरूको पछि लाग्ने, राजनीति गर्ने कार्यकर्ता वा तल्लो तहका नेताहरू भन्न खोजेको हो। केवल आफ्नो स्वार्थको, नितान्त व्यक्तिगत स्वार्थका लागि राजनीति गर्ने यी झोले कार्यकर्ताले विचारको भारि पनि बोक्ने गर्छन। गलत नेताका खराब बिचारको पछि लाग्छन। त्यसको समर्थन गर्छन। र यसरी खराब नेताहरूको बिचारको भारी आफूले बोकेर हिंड्ने गर्छन।
नेताहरूलाई तानाशाह बन्न सहयोग पनि यी झोले कार्यकर्ताहरूले नै गर्छन। स्वार्थी नेताहरूलाई हिंसक एवं क्रूर बनाउने कार्य पनि यी झोले कार्यकर्ताहरूले नै गर्छन। यी विभिन्न कारणहरूले गर्दा झोले कार्यकर्ताहरू देश र जनताका लागि स्वार्थी नेताहरू भन्दा पनि धेरै घातक हुन पुग्छन। झोले कार्यकर्ताहरूले अहिले बर्माका शैनिक शासकहरूलाई सहयोग गरि रहेका छन। प्रजातन्त्रको माग गर्दै सडकहरूमा प्रदर्शन गर्ने समान्य बर्मेलीहरू माथि गोली बर्साउन यी झोले कार्यकर्ताहरूले सेनाका जनरलहरूलाई उकासी रहेका छन। झोले कार्कर्ताहरूले बर्मामा प्रजातन्त्रको स्थापन भन्दा पनि शैनिक शासकहरू कुर्सीमा रहेमा आफ्नो स्वार्थ पूरा हुने देखिरहेका छन्।
झोले कार्यकर्ताको सहयोगले गर्दा नै रोबर्ट मुगाबीकरिब ४० वर्षसम्म जिम्बाब्वेको प्रशासक बन्न सफल भए। मुगाबी ७ वर्षसम्म प्रधान मन्त्री बने भने ३० वर्ष राष्ट्रपति बने। बिरामी परेर काम गर्न नसक्ने भएपछि मात्र यिनले कुर्सी त्याग गरे। नब्बे वर्षको उमेर पार गरेर पनि देशको प्रशासक बनिरहे। सत्ता छोडेनन। मुगाबीले देशको अर्थतन्त्र धराशाही पार्दा पनि झोले कार्यकर्ताहरूले उनलाई साथ दिइरहे। मुगाबीको शासनकालमा जिम्बाब्वेमा महँगीर मुद्रास्फिर्ती ९क्ष्लाबितष्यल० यति बढ्यो कि क्रेताहरूले बजारमा कुनै बढी मूल्यको समान किन्न जाँदा ठेलामा गाडामा पैसा बोकेर जानु पर्ने भयो। सम्भव त संसारमा जिम्बाब्वे मात्र एउटा यस्तो देश हुनु पर्छ जसले सर्वाधिक मूल्यको मुद्रा ९एउटा नोटको मूल्य १०० ट्रिलियन जिम्बाबियन डलर० निष्कासन गरेको होस। मुगाबीको शसान कालमा, मुद्रास्फिर्ति चरम बिन्दुमा पुगेर जिम्बाब्वेको केन्द्रीय बैंकले १०० ट्रिलियन डलर ९ खरबौं रुपैया बराबर० मूल्यकाधेरैनोट निष्कासन गरेको थियो तर ती ९एउटा० नोटको बजारमा विनिमय मूल्य भने एक अमेरिकी डलर भन्दा पनि कम थियो। मुगाबीले आफ्नो शासनकालमा जिम्बाब्वेको अर्थतन्त्र नै ध्वस्त पारे। प्रजातन्त्र ध्वस्त पारे। तर पनि झोले कार्यकर्ताहरूलाई उनालाई सहयोग गरिरहे। हरेक पटक चुनाव जितेर तानाशाही कायम गर्ने सघाइ रहे। झोले कार्यकर्ताको बलमा नै मुगाबीले जिम्बाब्वेमा चार दशक तानाशाही कायम गर्न सकेका थिए।
कस्तो अचम्म१ कालाजातीको उद्दार गर्न भनेर नै मुगावी राजनीतिमा आएका थिए। उनको नेतृत्वमा भएको आन्दोलनले नै जिम्बाब्वेमा रहेको अल्प संख्यक गोराहरूको वहुसंख्यक कालाहरू माथिको शासन समाप्त पारेको थियो। देशको शसान व्यवस्था गोराहरूबाट कालाहरूको हातमा आएको थियो। मुगावी आफूस्वयं काला जातीका थिएँ। कुनै समयमा कालजातीको स्वतन्त्रका लागि योद्धा बनेका थिए।
शासन व्यस्थाबाट गोराहरूलाई मुगाबीले हटाए तर त्यो सत्ताको कुर्सीमा आफू ४० वर्षजति विराजमान भए। कालाजातीको मुक्तीदाता बनेर आएका काला नेता मुगाबीले कालाहरु ९आम जनता० लाई नै बढी दुस्ख दिए। गोराहरू भन्दा पनि बढी दुस्ख दिए। अहिले नेपालका कम्युनिष्ट नेताहरूले पनि मुगाबीको पथको अनुशरण गरेका छन। आफूलाई गरिबहरूको मुक्तिदाता मान्ने कम्यनिष्टहरूको क्रियाकलापबाट बढी गरिबहरू नै प्रभावित हुन पुगेका छन। जन आन्दोलन, जन मुक्ति आदिको नाममा कम्युनिष्ट नेताहरूले चलाएका हत्या, हिंसामा नेपालमा गरिबहरु नै बढी आहत भएका छन, मारिएका छन्।
नेपालका कम्युनिष्ट नेताहरूको आँखा जहिले पनि केवल सत्तामा केन्द्रित रहेको पाइन्छ। यी नेताहरूले सत्ताका लागि, पदका लागि,शक्तिको लागि निरन्तर कलह गरेको पाइन्छ। र यस्ता स्वार्थी नेताहरूलाई झोले कार्यकर्ताहरूले सहयोग गरि रहेका छन। नेपालका स्वार्थी नेताहरूलाई गुट उपगुटमा विभाजित भएर कोठे राजनीति गर्न पनि झोले कार्यकर्ताहरूले सघाएका छन्।
झोले कार्यकर्ताहरूको राजनीतिक क्रियाकलापहरुको फेहरिस्त लामो छ। झोले कार्यकर्ताहरुले गर्दा नै उत्तर कोरियामा खानदानी शासन व्यवस्था सम्भब भएको छ। हजुर बुआ ९किम इल सुंग०, बुआ ९किम जोंग इल० र नाती ९किम जोंग उन० को खानदानी शासन अहिले उत्तर कोरियामा चलिरहेको छ। अहिले नाती किम जोंग उन उत्तर कोरियाको राष्ट्रपति एवं सर्वोच्च नेता छन। सर्वोच्च नेता पद र उनको त्यो क्रूर शासन व्यवस्थाई चुनौती दिन सक्ने क्षमता अहिले उत्तरकोरियामा कोहीसंग छैन। झोले कार्यकर्ताहरूले उनको शासन व्यवस्थलाई आफ्नो सहयोग(कबच ले सुरक्षा प्रदान गरेका छन। उन शासनमा रहँदा ती झोले कार्यकर्ताहरुलाई अधिक लाभ प्राप्त भइ रहेको छ। यसरी झोले कार्यकर्ताहरूको स्वार्थपूर्ण सहयोगले गर्दा उन जस्तो बहुलठ्ठी व्यक्ति उत्तर कोरियाको सर्वोच्च नेता हुन मात्र होइन चिरकालसम्म शासन गर्न पनि सफल भएका छन। झोले कार्यकर्ताहरूलाई उनको शक्तिसाली स्थिति प्यारो छ जनताको स्वतन्त्रता भन्दा।
कहिले राष्ट्रपति हुने त्यसपछि प्रधान मन्त्री हुने, प्रधान मन्त्री बनेर पुनस् राष्ट्रपति हुने, अर्थात जसरी भए पनि देशको शासन व्यवस्था आफ्नो हात राख्ने पुटिनको उच्च महत्वाकांक्षा पनि झोले कार्यक्रताहरूको सहयोगले गर्दा सफल भएको छ। गएको २२ वर्षदेखि पुटिनले रुसको शासन व्यवस्था आफ्नो नियन्त्रणमा राखेका छन। सन् १९९९ म रुसको प्रधान मन्त्री भएका पुटिन अहिले राष्ट्रपति छन। आफ्ना विरोधी र शत्रुहरूलाई पाखा लगाउने कलमा निपूर्ण पुटिनलाई झोले कार्यकर्ताहरूको पूर्ण सहयोग प्राप्त छ।
नेपालको स्थितिमा हेर्ने हो भने झोले कार्यकर्ताहरू अति नै शक्तिसाली रहेको पाइन्छ। कम्युनिष्ट वा कांग्रेस पार्टी, जुन सुकै पार्टीमा पनि झोले कार्यकर्ताहरूले राम्रो पकड कायम गरेका छन्। कम्युनिष्ट पार्टी, खास गरि एमाले फुटाउन, यस दलका नेताहरू बिच कलह एवं संघर्ष गराउनमा पनि झोले कार्यकर्ताहरुको भूमिका ठूलो छ।
तर खास कुरा के हो भने नेताहरू स्वार्थी भएको कारणले गर्दा नै झोले कार्यक्रताहरू यति शक्तिसाली भएका हुन।
स्वच्छ राजनीति बावारण निर्माण गर्न नेताहरूलाई जनता र देशको सेवमा केन्द्रित गराउन झोले कार्यकर्ताहरूको क्रियाकलाप रोक्न र उनीहरुलई इमान्दारीको राजनीतिमा लाग्न दबाब दिनै पर्छ र त्यो दवाद दिने कार्य जनताले, समान्य जनताले गर्नु पर्छ।