आरके श्रीवास्तव । रौतहट । चैत्र ०८ गते
नेपाल तराई सिटी हस्पिटल सुकदेव चौक द्वारा स्वास्थ्य परिक्षण सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको मध्य भाग सुकदेव चौकमा नेपाल तराई सिटी हस्पिटलमा शविवार डा. मधुरेन्द्र यादव एमबिबिएस र डा. मधु गुप्ता, डा. तरुन अफरोज बाल रोग बिषेशज्ञ, डा. श्याम गुप्ता र एरो फर्मा सुटीकल बाट अभिनास कुमार तिवारी एवं मैनेजिंग डाइरेक्टर लालधारी बैठा लगायत जिल्लाको बिभिन्न क्षेत्रबाट स्वास्थ्यकर्मीहरुको बिच औषधि सम्बन्धित र बिभिन्न रोग सम्बन्धित बिषयमा राय सुझाव दिइएको थियो ।