नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात, एक युवक पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ९, मंगलबार (४७ मिनेट अघि)
  • ३२ पटक पढिएको
नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात, एक युवक पक्राउ

काठमाडौ, ०९ भदौ। नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएको प्रहरीमाथि नै हातपात भएको छ।

ड्युटीमा खटिएका महिला तथा पुरुष प्रहरीमाथि नै आक्रमण भएको हो । आक्रमण गर्ने जुम्ला घर भएका २७ वर्षीय राज कठायत नाम गरेको युवकलाई पक्राउ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए ।

उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान सुरु गरिएको छ । सडक सचेतना जगाउँदै जथाभाविबाट बाटो काट्नेलाई आकाशे पुलबाट बाटो काट्न ट्राफिक प्रहरीले भनेको थियो ।

सो क्रममा कठायतले उल्टै ट्राफिक प्रहरीमाथि हातपात गरेको एसपी सुवेदीले बताए ।

 

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस