प्रदीप दास। चैत्र १३ गते।
नमस्कार ,स्वागत छ यहाँलाई वर्तमानकाल दैनिक पत्रिकाको यो नयाँ संवादमा।
धन्यवाद ,तपाईलाई अनि तपाईको होलटिमलाई। मेरो व्यक्तिगत तर्फ र यो हाम्रो पार्टीको सम्पूर्ण परिवारको तर्फबाट हिन्दुहरुको महानपर्व रंग र अबिरको पर्व होलीको शुभ अवसरमा कटहरिया नगरपालिकाका सम्पूर्ण नगरबासि लगायत देश–विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा सुस्वास्थ्य ,दिर्घायु र समृद्धिको लागि मंगलमय शुभकामना व्यक्त गर्दैछु।
प्रश्न नम्बर –०१ तपाई आफ्नो छोटो परिचय दिनुहोस।
-मेरो नाम खेन्हा राय यादव रौतहट जिल्लाको क्षेत्र नम्बर -३ को कटहरिया नगरपालिका वडा नम्बर -३ बिर्ती प्रष्टोका मेरो घर हो। राजनीतिमा म २०५५ साल देखि औपचारिक रुपमा समर्पित भएर काम गर्दै आएको छु। यो क्षेत्र नम्बर-३ मा इमान्दार र कर्मठ युवा नेता र कार्यकर्ताको रुपमा मधेशी दलमा मेरो पहिचान छ। २०६४ सालमा संबिधान सभा सदस्यमा पार्टीको तर्फबाट उम्मेदवार पनि थिए। अनि त्यो चुनाव पश्चात मलाई लाग्यो कि जनताहरु मलाई सहयोग गरि राखेका छन्। म पार्टीमा निरन्तरता दिदै आएको छु। आगामी दिनमा पनि मधेशी दललाई नै ध्यानमा राखी सहयोग गर्ने भावना पलाएको छ।
प्रश्न नम्बर -२ तपाईलाई राजिनिती क्षेत्रमा प्रवेश गरेको कति भयो ?
-म २०५५ साल देखि नै मधेशी दलको पार्टीमा आवद्ध भएर सक्रिय रुपमा काम गर्दै आएको छु।
प्रश्न नम्बर -३ तपाईलाई राजिनिती क्षेत्रमा लाग्नुको मुख्य उद्देश्य के हो ?
– म आफ्नो पढाई पुरा गरि २०५५ सालमा काठमाडौँ तर्फ गएको थिए ,त्यहाँ मधेशीहरुलाई धेरै हेल्ला भई रहेको थियो। हामीहरुलाई पनि हेप्दै थियो ,त्यहि हेरेर मलाई लग्यो कि मधेशीलाई अपहेलित हुन् बाट जोगाउनु पर्छ कसरी मधेशी समुदाय हेल्लाबाट जोगिन्छ भन्दै मधेशी दलको मुद्दा मलाई राम्रो लाग्यो र सुरु देखि नै मधेशी दलमा प्रवेश गरे अनि समाजमा रहेका जनता गरीब ,दलित ,बिपन्न परिवारलाइ स्तरोन्नति गर्न तर्फ लागि काम गर्नमा मेरो बिशेष रूपले ध्यान केन्द्रित छ ।
प्रश्न नम्बर -४ तपाइँ आगामी चुनाबमा सांसद पदको उमेद्द्वारी दिनुहुन्छ भनि सुन्नमा आएको हो के यो सत्य हो ?
– हामीहरुको के छ कि २०६४ सालमा संबिधान सभा सदस्य पदमा निर्वाचनमा भाग लिएको थिए तर पराजित भएको थिए ,तर त्यहि हिसाबले काम गर्दै छु कि पार्टी सांसद पदमा ,बिधायक पद ,मेयर पदमा लडाए पार्टी जहा फेरी हामीलाई ठाउँ दिन्छ त्यो पदमा चुनाब लड्न तयार छु।
प्रश्न नम्बर -५ तपाई मधेसी दलको कुन पार्टीमा आवद्ध हुनुहुन्छ ?
– म पहिला राजपाको केन्द्रिय सदस्य थिए ,अहिले जनता समाज पार्टीमा आवद्ध भएर काम गर्दैछु।पार्टी एकीकरण भएपछी म कुनै पदाधिकारी छैन त्यैपनि पार्टी मलाई सांसद,बिधायक या मेयर जुन पदमा लडाए पनि लड्न तयार छु।
प्रश्न नम्बर -६ यो रौतहट क्षेत्र नम्बर -३ मा सांसद पदमा निर्वाचित हुनुभयो भने तपाई शिक्षा ,स्वास्थ्य र कृषिमा के कस्तो सुधार गर्नु हुन्छ ?
-मेरो सोच के छ कि जनता मलाई आफ्नो बहुमुल्य मत दिरहेको छ भने निर्वाचित गराउदै छ भने सबैभन्दा पहिला हामि किसानका छोरा छौ ,र सबै भन्दा धेरै किसानलाई दु :ख छ कुनै सांसद जितेको छ किसान प्रति त्यति ध्यान केन्द्रित गरेको छैन देखिरहेका छौ ,किसानलाई मल्ल खाध ,ट्रेक्टर ,बिजुली चाहियो ,त्यो छैन ,जब सम्म हामी किसान भरिपूर्ण भई राख्याछैनौ तब सम्म कृषिमा विकास हुदैन र सरकारको पनि कुनै चासो पनि देखिदैन।
प्रश्न नम्बर -७ तपाई एक मधेशी दलका कर्मठ र इमान्दार नेता भएर पनि तपाई कृषि क्षेत्रमा धेरै चासो लिनु हुन्छ ,हो र ?
-म राजनीतिको साथ् साथै कृषि क्षेत्रमा धेरै जागरुक भएर काम गर्ने गर्छु ,र मलाई गर्व छ कि मेरो देश नेपाल एक कृषि प्रधान देश हो , म एउटा फलफूल नर्सरी चलाउदै आएको छु ,जुन नर्सरीको नाम खेन्हा राय फलफूल नर्सरी बिर्ती प्रष्टोका हो। यो खेतिबाट म धेरै सन्तुष्ट पनि छु ,आर्थिक रुपले भन्नु पर्दा ठिकै छु। मेरो फलफूल नर्सरीको बोट-बिरुवाहरु बढी चाहि पहाडमा जाने गर्छ। मेरो नर्सरीमा गाउका कतिपय मानिसहरु काम गर्दैछ,खुशी लाग्छ।
प्रश्न नम्बर -८ तपाई आफ्नो बिचार जनताहरुको माझ के राख्न चाहनुहुन्छ ?
-म जनताहरुको माझ के भन्न चाहन्छु कि अब जे भयो भयो अब देखि इमान्दार उमेद्द्वरलाई र बिकाशशिल नेताहरुलाई छानी छानी आफ्नो बहुमुल्य मत दिनु होला जुन कि भ्रष्टाचारी नहोस् ,साथै सम्पूर्ण नेपाली जनता लगायत यस नगरबासीहरुमा हिन्दुहरुको महान पर्व होलीको शुभ अवसरमा धेर धेरै शुभकामना व्यक्त गर्न चाहन्छु।
हवस्त धन्यवाद।यस वर्तमान काल दैनिक पत्रिकाको विशेष संवादमा तपाई आफ्नो बहुमुल्य समय दिनुभएको मा। साथै वर्तमान काल दैनिक पत्रिकाको होलटिमको तर्फ बाट तपाईलाइ होलीको अवसरमा सुस्वास्थ्य ,दिर्घायु तथा समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गर्दछौ। नमस्कार।
धन्यवाद ,प्रदीप जी तपाईलाई अनि तपाईको होलटिमलाई जुन कि मलाई आफ्नो जनताको माझ दुई शब्द राख्ने मौका दिनु भएकोमा र २०७७ सालको हिन्दु धर्मावलम्बिहरुको महानपर्व होलिको अवसरमा तपाईको होलटिमलाइ उतरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिन चाहन्छु ,नमस्कार ,धन्यवाद।