दिपेन्द्र जयसवाल । बारा । चैत्र २२
कलैयाको सडक निर्माण अधुरै छोडी फरार रहेका ठेक्कदार लाई कारवाही गरि सडक निर्माणको कार्य सुचारु गराउन आज बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाइएको छ ।कलैया उपमहानगरपालिका वडा नम्बर ४ को रामपुर पुल देखि अदालत हुँदै गुप्ता पेट्रोल पम्प सम्मको मुख्य सडक ३ बर्ष अगाडि ठेक्का भई साईराम कन्ट्रक्सनले जिम्मा लिएको थियो । सो काम सुरु गरे पनि हाल १८ महिना देखि उक्त सडक सम्पन्न नगरी अधुरो बाटो नै अलपत्र छोडेकोले बाराका प्रमुख जिल्ला अधिकारी पौडेल लाई ज्ञापन पत्र बुझाइएको छ । अहिले सडकमा झन खाल्डाखुल्डीले सडकनै धुलाम्मे भएको छ ।स्थानीय सहित आवत जावत गर्ने नागरिक को स्वाथ्यमा खराब असर परिरहेकोले पटक पटक साईराम कन्ट्रक्सनका ठेकेदारलाई सम्पर्क गर्दा पनि कुनै चासो नलिएको कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जटाशंकर सहनीले बताउनु भएको छ ।वडा कार्यालयको सम्पर्कमा नआए पछी साईराम कन्ट्रक्सनका ठेक्क्दारलाई कारवाही गरि निर्माण प्रक्रिया सुचारु गराउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईएको वडा अध्यक्ष सहनीले बताएका छन् ।