वर्तमानकाल समाचारदाता । चैत २६ गते
दलित विकास समितिको प्रथम बैठक प्रदेश २ को राजधानी जनकपुरमा सम्पन्न भएको छ । सामाजिक विकास मंत्री माननिय नवल किशोर साहको अध्यक्षतामा दलित विकास समितिको प्रथम बैठक बिहिवार औपचारिक रुपमा सम्पन्न भएको हो । बैठकमा उपाध्यक्ष रामप्रवेश बैठा , सदस्यहरु राजकुमार दास,श्याम सरदार, सुनीता मरिक, सेवकी दास,नीति आयोगको सदस्य डा. भोगेन्द्र झा,आर्थिक मामिला तथा योजना मंत्रालयको सचिव काशीराज,मुख्यमंत्री तथा मंत्रिपरिषदको कार्यालयको कानून अधिकृत अजित केशरी ,सामाजिक बिकाश मन्त्रलयको उपसचिव ठुलो बाबु दहाल ,सामाजिक विकास मन्त्रलयको सचिव कृष्णा कापरी सहितका पदाधिकारीहरुको उपस्थित रहेको थियो । बैठक बाट कार्यालय संचालनको लागि भवन भडामा लिनको लागि प्रक्रिया अगाडी बढाउने ,दलित सशक्तिकरण ऐन नियमावली मस्योदा निर्माण गर्न प्रक्रिया अगाडी बढाउन कानून अधिकृत अजित केशरी लाई पदाधिकारी तोकिने निर्णय गरिएको दलित विकास समिति प्रदेश २ का सदस्य राजकुमार दासले जानकारी गराउनु भयो ।