वर्तमानकाल समाचारदाता । सर्लाही । चैत २८ गते
सर्लाही जिल्लामा बज्जि त्रैमासिक साहित्यक पत्रिकाकोे लोकार्पण गरिएको छ । जिल्लाको हरिपुर्वा नगरपालिका वडा नम्बर ३ धनकौल एक कार्यक्रमका बिच लोकार्पण गरिएको हो । बज्जिका समृद्धि समाज नेपाल गोडैता नगरपालिका वडा नम्बर ९ बकैनिया ,सर्लाहीको आयोजनामा सो कार्यक्रम आयोजन गरिएको थियो । शनिवार बज्जि त्रैमासिक पत्रिकाको प्रथम अंक प्रकाशन र सम्मान कार्यक्रम आयोजन गरिएको थियो । हरिपूर्वा नगरपालिका ३ धनकौलका प्रधानाध्यापक हरिनारायण महतो कुश्वाहाले सहयोगी भूमिका निर्वाह गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता महतोले नै गरेका थिए भने प्रमुख अतिथीको रुपमा वडा नम्बर ३ का वडाध्यक्ष धर्मराज सिंह रहेका थिए । विशिष्ठ अतिथीको रुपमा गोरखापत्रको बज्जिका पृष्ठका संयोजक एवम् साहित्यकार संजय साह मित्र , बज्जिका साहित्य संगमका अध्यक्ष किसुन दयाल यादव श्रीकृष्ण , बज्जिका पत्रकार समाज रौतहटका अध्यक्ष राजु कुमार श्रीवास्तव , बज्जिका समृद्धि समाज नेपाल सर्लाहीका अध्यक्ष जियालाल राय लगायतका व्यक्तीहरु रहनु भएको थियो । कार्यक्रमको सुरुआत राष्ट्रिय गान बाट भएको थियो भने प्रमुख अतिथी र विशिष्ठ अतिथीहरुले दिप प्रज्वलन गरि कार्यक्रमको सुभारम्भ गरेका थिए । कार्यक्रममा बज्जिका शिरोमणि र सम्राट उपाधि बाट मित्र र श्रीकृष्ण विभूषित गरिएका थिए । बज्जिका साहित्य संगम रौतहटके अध्यक्ष किशुनदयाल यादव श्रीकृष्ण लाइ बज्जिका सम्राट उपाधि प्राप्त गरेका हुन् । सम्मानित दुबै जनालाई दोसल्ला, अबिर र प्रमाण पात्र प्रदान गरिएको छ।
आयोजक संस्था प्रति हार्दिक आभार र स्थानीय प्रधान शिक्षक हरिनारायण महतो कुशवाहालाइ हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा सबैजनाले पत्रिकाको प्रगतीको लागि शुभकामना व्यक्त गरेका थिए ।
रौतहट, सर्लाही, महोत्तरी, र भारतको केही भागमा बोलिने बज्जिका भाषालाई बढाउन “बज्जी“ त्रैमासिक पत्रीकाको अहम भूमिका खेल्नेमा जोड दिएका थिए ।
आउने जनगणनामा सबैले आ आफ्नो भाषा बज्जिका लेखाउनमा जोड दिएका थिए । बज्जिका भाषालाइ पुर्वबाट मैथिली र पश्चिमबाट भोजपुरीले दबाउन खोजिएको छ त्यस संग डटेर लड्न आग्रह समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै वाडा अध्यक्ष धर्मराज यादवले भन्नू भयो कि आउने दिनमा यस वाडमा पुनः बज्जिका भाषाको कार्यक्रम आयोजना गरिनेछ साथै नगरपालिका भित्र रहेका सम्पुर्ण बिद्यालयहरुमा मातृभाषाको रुपमा बज्जिका भाषाको पठन पाठन गराउने प्रतिबध्ता गर्नु भएको छ ।
कार्यक्रमलाइ सम्बोधन गर्दै साहित्यकार संजय साह मित्रले बोल्दै आफूलाइ सम्मान गरेकामा धन्यवाद दिदै अहिले नै यो न आइ सके पनि सम्मान गरेकोमा हृदय देखि धन्यवाद छ । बज्जि त्रैमासिक पत्रिकाको सफलताको लागि शुभकामना समेत व्यक्त गरेका थिए ।