रौतहट । बैसाख ४ गते
रौतहट जिल्लाको मौलापुर नगरपालिकामा नेकपा माओवादी केन्द्रले आफ्नो संगठन विस्तारलाई प्राथमिकता दिएको छ । नेकपा माओवादी केन्द्र , नगरका साथै वडा स्तरमा समेत आफ्नो मातहतका सम्पुर्ण भातृसंगठनहरुलाई क्रियासिल बनाउने निणर्य गरेसँगै रौतहट जिल्लाको मौलापुर नगरपालिकाका विभिन्न वडाहरुमा माओवादी केन्द्रको वाइसिएल समिति समेत गठन गर्दै आएको छ । सोही अनुसार आज बैशाख ४ गते रौतहटको मौलापुर नगरपालिकाको वडा नम्बर ६ पथरा बुधराममा नेकपा माओवादी केन्द्रको वडा समितिका साथै वाइसिएल वडा समिति गठन भएको छ । मौलापुर नापाको वाइसिएल का नगर संयोजक जयनाथ कुसवाहाको अध्यक्षतामा बसेको भेलाले ३५ सदस्य वाइसिएल वडा समिटी गठन गरिएको हो । वडा नम्बर ६ मा बिरेन्द्र राय यादवको अध्यक्ष लगायत सदस्यीय वाइसिएल नेपालको वडा समिति गठन भएको जनाइएको छ । , कोषाध्यक्ष सिवबालक पासवान , सचिव –मनोज प्रसाद जयसवाल , सह सचिव बउआलाल राय यादव लगायतका पदाधिकारी चयन भएको थअ िप्रदेश कमिटि सदस्य प्रमोद यादवले बताउनु भयो । त्यस्तै मौलापुर नपा वडा न ४ पतौरा मा पनि २१ सदस्य वाइसिएल वडा समिति गठन गरिएको हो । सनी प्रसाद यादव को अध्यक्ष लगायत २१ सदस्यीय वाइसिएल नेपालको वडा समिति गठन भएको जनाइएको छ ।
उपाध्यक्ष प्रमोध साह , कोषाध्यक्ष बिजेश यादव , सचिव राजिन्द्र प्रसाद यादव रहेका छन् । सनिबार सम्पन्न भेलामा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का यूवा नेता एवम केन्द्रिय सदस्य बिन्देस्वर यादव , नेकपा (माओवादी केन्द्र) का यूवा नेता एवम मौलापुर नगरपालिकाको नगर अध्यक्ष एमव वडा न १ को वडा अध्यक्ष रामप्रबेस यादव र वडा न ६ को वडा अध्यक्ष उपेन्द्र जयसवाल , थअ िप्रदेश कमिटि सदस्य प्रमोद यादव , लगायतको रोहवरमा वडा कमिटी गठन गरिएको छ । वाइसिएल प्रदेश कमिटि सदस्य प्रमोद यादव , मौलापुर नापाको वाइसिएल का नगर संयोजक जयनाथ कुसवाहा लगायतका नेताहरुको उपस्थित मा कार्यक्रम सम्पन भएका छन् । नेकपा मवाबादी केन्द्र का युवा नेता प्रमोद यादवले जानकारी दिनु भएको छ ।