दिपेन्द्र जयसवाल,बारा,बैशाख ११
बारामा होटल , पार्टी प्यालेसमा विवाह गर्दा प्रमुख जिल्ला अधिकारीको अनुमती लिनु पर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले आज एक सूचना जारी गर्दै जनाएको छ ।त्यस्तै प्रमुख प्रशासकिय अधिकृत द्वारा हस्ताक्षर गरिएको सुचनामा जिल्लाका विभिन्न भागमा विवाह , नवारान , पास्नी , व्रतबन्ध , धार्मिक अनुष्ठान , मलामी लगायतका अत्यावश्यक धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु संचालन गर्दा पच्चीस जना भन्दा बढी सहभागी नहुन अनुरोध गरेको छ ।सवारी साधनमा सिट क्षमता भन्दा बढी नराख्ने र चालक सहितका यात्रुले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालन गर्न सूचना मा उल्लेख छ ।नेपाल भारत सिमा क्षेत्र हुँदै विवाह गर्नु पर्दा बेहुला बेहुली जन्ती गरी बढीमा दुईवटा साना सवारी साधनमा पच्चीस जना भन्दा बढी सवार नहुने सो वाहेकका सवारी साधन सञ्चालन नगर्न सूचनामा भनिएको छ ।