अमरेस कुमार पाण्डेय । कलैया बारा । बैशाख १४ गते
बाराको मुख्य सिमानाकामा स्थापित हेल्थ डेस्कहरुले प्रदान गर्दै आएको सेवा प्रभावकारी नभएको स्थानीयले गुनासो गरेका छन । कोरोना कोभिड १९ को संक्रमण नियन्त्रणको लागि सिमानाकामा स्थापना गरिएको हेल्थ डेस्कमा खटने चिकित्सकहरु भारत बाट नेपाल प्रवेश गर्ने सम्पुर्ण यात्रीको शरीरको तापक्रम नाप्ने नगरेको पाईन्छ। सिमानाकामा सुरक्षा दिन खटिएका सशस्त्र प्रहरीका जवानहरु समेत प्रवेश गर्ने यात्रीहरुलाई चेकजाँच नगरी नै नेपाल भित्रीयाईने गरेकोको पाईन्छ ।
बाराको सुवर्ण गाउँपालिका स्थित संन्तगज नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा हिजो एक सय ४५ जनाको स्वास्थ परिक्षण मात्र गरिएकोमा सबैको अवस्था समान्य नै रहेको अहेव रबिभुषण यादवले बताएका थिए। सिमानाका मटिअर्वा , संन्तगज , सिम्रौनगढ लगायतको मुख्य नाकामा हेल्थ डेस्क स्थापना भएपनी बिहान र बेलुका हेल्थ डेस्कमा कर्मचारी नै हुदैन्न ।
कोभिड १९ को नयाँ भेरियेन्ट छिमेकी देश भारतमा संक्रमित दिनप्रतिदिन बढ्दै गएको अवस्था र खुला सिमानाका भएको कारण सिमावर्ती क्षेत्रबाट दैनिक दुई हजार भन्दा बढि यात्रुहरु नेपाल प्रवेश गर्ने भएतापनी सिमानाकामा स्वास्थक्रमी ,सुरक्षाकर्मिले कडाई नगरेपछि हाम्रो देशको पनि अवस्था ईटलि जस्तो हुने भनि बुद्धिजीवी चिन्ता ब्यक्त गरेका छन। बिना चेकजाँचको नै भारत बाट आउने यात्रीहरु नेपाल प्रवेश गर्ने गरी आफ्नो गन्तब्य तर्फ अधिकाश काठमाडौ तर्फ जाने यात्रीहरु रहेको देखिन्छ।
मटिअर्वा सिमानाकामा चिकित्सकहरु बिहान १० बजे आउने र बेलुका ४ बजे नै आफ्नो डिउटी समाप्त गरेपछि घर जाने भएपछि हेल्थ डेस्क खाली रहेको भेटिन्छ ।
बाराको १६ औ स्थानीय तह लगायत सिमानाकामा सुरक्षा सतर्कता अपनाउन ,संक्रमितको लागि क्वारेन्टाइनको ब्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यलय बारा बाट हरेक स्थानीय तहमा जानकारी गराईएको भएपनी स्थानीय तहको त्यस तर्फ ध्यानाकर्षण भएको छैन । कोभिड १९ को नयाँ भेरियेन्ट छिमेकी देश भारतमा संक्रमित दिनप्रतिदिन बढ्दै गएको अवस्था छ र हाम्रो देशमा पनि पाँच हजारको हाराहारी कोरोना पोजेटिभ पाईरहेको अवस्था आईसकेको छ।
कोरोना कोभिड १९ संक्रमण लाई रोकथाम गर्न जिल्ला प्रशासन बाराले सबै स्थानीय तहमा सुरक्षा सतर्कता अपनाउन समाजिक दुरि कायम गर्न , भिडभाड नगर्न सुचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनु भयो ।
खुला सिमानाकाको कारण कोरोनाको उच्च जोखिममा रहेको बारा जिल्लाका स्थानीय तहले कोरोना नियन्त्रणकोलागि क्वारेन्टाइनको ब्यवस्थापन लगायतकोमा खासै ध्यानाकर्षण नभएको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनु भयो ।
यसरी सिमानाका बाट नेपाल प्रवेश गर्ने यात्री लगायत बिहेबारिको सवारीसाधनलाई समेत चेकजाँच गर्नुको साथै सर्बसाधरणहरुमा कोरोना कोभिडको सचेतना पनि दिनु पर्ने स्थानीयहरु बताउछन् ।