ओम प्रकाश यादव । रौतहट । बैशाख १६ गते
रौतहटको फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी महतोले पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कार्यवाही गरेर आफुमाथी अन्याय गरेको बताएकी छिन ।
आफु नेकपा माओवादी केन्द्रमै हुँदाहुँदै पनि पार्टी अध्यक्ष प्रचण्डले कार्यवाही गरेर आफुमाथी अन्याय र अत्याचार गरेको नगर उपप्रमुख महतोले बताएकी छिन ।
फतुवा विजयपुर नगरपालिकामा आज पत्रकारहरुसँगै कुराकानी गर्दै उपप्रमुख महतोले माओवादी अध्यक्ष प्रचण्डले विना कारण आफुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको भन्दै दुखेसो गरेकी हुन ।
आफुलाई विना प्रमाण पार्टीबाट निष्काशन गरेर प्रचण्डले शहीदको रगतमाथी खेलवाड र अन्याय गरेको उपप्रमुख महतोले आरोप लगाएकी छिन ।
आफु एमालेमा नगए पनि पार्टीले बलजबरजस्ती एमालेमा लागेको भनी आफुलाई अपमानजनक ढंगले पार्टीबाट निष्काशन गरेको उनले बताईन ।
उपप्रमुख महतोले आफु एमालेमा नगएको दावी गरेपनि माओवादी केन्द्रले एमालेमा लागेको भन्दै उनलाई दुई दिन अघि मात्रै कार्यवाही गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो ।
कान्ति देवी २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट फतुवा विजयपुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिईन । तर अहिले माओवादीबाट चुनाव जितेर एमालेमा लागेको भन्दै पार्टीले उनलाई कार्यवाही गरेको छ ।
माओवादी पार्टीकै कारण १० वर्षे जनयुद्धमा आफना श्रीमान पनि गुमाएको र अहिले आएर पार्टीले आफुलाई समेत कार्यवाही गरेर गम्भिर धोका दिएको उनले बताईन ।
२०५२ सालमा आफना श्रीमान मनरुप महतो माओवादीमा लागेको र पार्टी अध्यक्ष प्रचण्डले थालेको १० वर्षे जनयुद्धको क्रममा २०५७ सालमा श्रीमान मनरुप महतो शहादत प्राप्त गरेको उनले बताईन ।
पार्टीको निति, नियम तथा निर्देशन पाल्न गर्ने क्रममा सो आन्दोलनमा मेरो श्रीमानको मृत्यु भयो, आज त्यो दिन समझिदा आखाँभरी आशु आउँछ उनले भनिन ।
श्रीमान गुमाएको पिडा हुँदाहुँदै पनि आफु निरन्तर रुपमा माओवादीमै रहेर संघर्ष र राजनिति गर्दै आएको उनले बताईन । तर पार्टी अध्यक्ष प्रचण्डले एकलौटी रुपमा आफनाखुसी एमालेमा लागेको भनी आरोप लगाएर आफुलाई पार्टीबाट निष्काशन गरेको भनी उनले दुखेसो गरेकि हुन ।
पार्टीले स्पष्टीकरण सोध्दा आफु कुनै पनि हालतमा माओवादी छोडेर एमालेमा नगएको र जान पनि सक्दिन भन्ने स्पष्ट रुपमा चितबुझदो जवाफ दिएको भएपनि त्यसलाई कुनै वास्ता नगरी प्रचण्डले कार्यवाही गरी आफुमाथी चरम अन्याय गरेको उपप्रमुख महतोले बताईन ।
उनले अगाडि भनिन यो माओवादी पार्टीमा रहेर मैले के पाए, शुरुमा श्रीमान गुमाए र अहिले आफु पनि पार्टीबाट निष्काशित भए ।
उपप्रमुख महतोले भनिन कुनै नेताले कार्यक्रममा आउन निम्तो दिदा निम्तो स्वीकार गरेर कार्यक्रममा जादैमा त्यही पार्टीको मान्छे हो भनी आरोप लगाउनु सरासर गलत हो । उनले भनिन के अन्य पार्टीको नेताको कार्यक्रममा उपप्रमुखको हैसियतले जानै नपाउने हो त,
उपप्रमुख महतोले आफुलाई पार्टीबाट निष्काशन गर्ने निर्णय सच्याउन र आफुलाई न्याय दिन पार्टी अध्यक्ष प्रचण्डले आग्रह गरेकी छिन ।