सर्लाहीमा मदिरा बोकेको दुई पिकअप प्रहरी नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ११, सोमबार (२ घण्टा अघि)
  • ३१ पटक पढिएको
सर्लाहीमा मदिरा बोकेको दुई पिकअप प्रहरी नियन्त्रणमा

सर्लाही, ११ साउन । सर्लाहीको बलरा नगरपालिका भएर भारततर्फ तस्करीका लागि लैजादै गरिएको आशंकामा मदिरा लोड गरिएका दुई वटा पिकअप नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार सोमबार बिहान करिब ९ बजे बलरा नगरपालिका–३ लक्ष्मिपुर सीमा क्षेत्रबाट प्रदेश २–०३–००१ ख ५१३५ नम्बरको बोलेरो पिकअप नियन्त्रणमा लिइएको हो । त्यसैगरी बिहान करिब ११ बजे बलरा नगरपालिका–१ सेढवाबाट प्रदेश २–०३–००१ च ५६६८ नम्बरको अर्को पिकअप पनि नियन्त्रणमा लिइएको छ ।

स्थानीयका अनुसार दुवै सवारीसाधनमा ठूलो परिमाणमा सौफी मदिरा लोड गरिएको थियो र भारततर्फ लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । प्रत्यक्षदर्शीले नियन्त्रणमा लिइएका दुवै पिकअपलाई इलाका प्रहरी कार्यालय गडहियामा राखेर आवश्यक अनुसन्धानको लागि राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी बेदप्रसाद गौतमले पिकअप नियन्त्रणमा लिइएको विषयमा प्रारम्भिक जानकारी प्राप्त भएको पुष्टि गर्दै विस्तृत विवरण संकलन भइरहेको र अनुसन्धान पूरा भएपछि थप जानकारी सार्वजनिक गरिने बताए ।

यस घटनासँगै बलरा सीमा नाकाबाट मदिरा सहित विभिन्न सामानको अवैध ओसारपसार हुने गरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरे । सशस्त्र प्रहरीको भुमिका माथि स्थानीयवासीले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने प्रभावकारिता माथि प्रश्न उठाए ।

ताजा अपडेट

खोजी गर्नुहोस