सुनसरीको तनाव समाधानमा सर्वपक्षीय सहमति, सामाजिक सद्भाव कायम राख्न अपिल

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ११, सोमबार (५२ मिनेट अघि)
  • ४१ पटक पढिएको
सुनसरीको तनाव समाधानमा सर्वपक्षीय सहमति, सामाजिक सद्भाव कायम राख्न अपिल

सुनसरी, ११ साउन। सुनसरीको देवानगञ्जमा भएको दुई समूहकाे झडपपछि उग्र बनेकाे अवस्था नियन्त्रण गर्दै सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएकाे छ ।

आइतबारकाे झडपपछि साेमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेकाे सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति-सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने सहमति गरेकाे हाे ।

सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन र गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई सहयोग गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा भएको बैठकमा राजनीतिक दल र जनप्रतिनिधिहरूले अफवाहबाट टाढा रहन र सुरक्षा निकायलाई सहयोग गर्न सहमति जनाएका हुन् ।

सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार सामाजिक सदभाव र शान्ति सुरक्षा कायम गर्नका लागि आ–आफ्नाे स्थानबाट सहयाेग गर्ने निर्णय भएकाे छ ।

निर्णयपछि जनप्रतिनिधि र सामाजिक र धार्मिक अगुवाहरुले सामाजिक सदभाव कायम गर्नका लागि पहल सुरु गरिसकेकाे बताए ।

आइतबार राति बोलबम यात्राका क्रममा डिजे बजाउने विषयमा भएको विवादले हिंसात्मक रूप लिँदा सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

झडपमा १३ जना सुरक्षाकर्मी र ९ जना सर्वसाधारण घाइते भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस