स्मिथ रजक । रौतहट । बैशाख २१ गते
कोरोनाको संक्रमण बढिरहेका बेला रौतहटका बिरामीहरुको उपचारको लागि तत्काल १० बेडको कोभिड अस्पताल सञ्चालन हुने भएको छ ।
जिल्लास्थित कोभिड संकट व्यवस्थापन समितिको बैठकले रौतहटका पालिकाहरुमा कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो । जस अनुसार पहिलो चरणमा राजदेवी नगरपालिका १० बेड कोभिड अस्पताल सञ्चालन हुने भएको छ । अक्सिजन सहितको बेड, आइसीयू समेतको व्यवस्था गरेर अस्पताल सञ्चालन हुन लागेको हो ।
चण्डिया स्थित रहेको स्वास्थ्य अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि तत्काल १० बेडको आइसीयू, सञ्चालन हुने अस्पतालका डा।चन्देश्वर साहले बताए ।नगर प्रमुख भने, ‘संक्रमितहरुको उपचारको लागि आवश्यक पर्ने सबै तयारीहरु अन्तिम चरणमा पुगेको छ ।’
सिंहले भने,चण्डिया‘अस्पतालको माथिल्लो तल्लामा कोभिडका विरामीको लागि आइसीयू बेड कक्ष तयार गरेका छौं ।’चण्डिया अस्पतालमा अक्सिजन सहितको आवश्यक सेवा सञ्चालनमा आएपछि बिरामीहरूलाई सहज हुने उनले बताए ।
‘अस्पताललाई चाहिने सबै किसिमको सहयोगको लागि नगरपालिका अगाडि आउँछ । उनले भने ‘नागरिकको स्वास्थ्य सुरक्षित राख्न चण्डिया अस्पताल हामी श्रोत साधनको कमी हुन दिदैनौं ।
यस्तै सरकारले होम आइसोलेसनको अवधारणा ल्याएकोले तत्कालको लागि सबैभन्दा जरुरी देखिएको स्वास्थ्य सुरक्षाका लागि कोभिड अस्पतालहरुको व्यवस्थापनमा आफूले जोड दिएको नगर प्रमुख धिरेन्द्र कुमार सिंहले बताए ।