उपेन्द्र गोले रौतहट १२ जेठ ।
रौटहटमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चौथो पटक थप एक साता निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले बुधबार एक सूचना जारी गरी विहिबार राति १२ बजेदेखि लागु हुने गरी जेठ १९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय गौरमा बुधबार सम्पन्न बैठकले जेठ १९ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोरोना संक्रमित हुने क्रममा नै रहेकाले सो अवस्था रोकथामको लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिनु भयो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ । निषेधाज्ञाको पालना नभइ अब कडाइका साथ कारवाही गरिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । कोरोना संक्रमणको विषम परिस्थितीमा नेपाल सरकारले अध्यायदेश जारी गरि कडाइका साथ निषेधाज्ञाको पालना गराउने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भएको छ । निषेधाज्ञाको अवज्ञ गरेमा १ बर्ष कैद , ५ लाखसम्म जरिवाना वा दुवै हुन सक्ने जनाइएको छ । रौतहटका आम नागरिकहरुले पुर्ण रुपमा निषेधाज्ञाको पालना गर्नु पर्ने अन्यथा अध्यादेशमा तोकिए बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ