रमेश कुमार यादब
भदौँ ११ ,रौतहट
नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा शुक्रबार पनि सुनुवाइ भएन । बारम्बार पेसी तोकेर पनि विभिन्न कारणले सुनुवाई हुन नसकेको सो मुद्दा शुक्रबार पनि सुनुवाई नभई थन्किएको हो । विपक्षीको कानुन व्यवसायीबाट स्थगितका लागि माग भए बमोजिम शुक्रबार उक्त मुद्दामा सुनुवाई हुन नसकेको हो ।सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकेको थियो ।रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका माथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।आलमको सोही निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको हो । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए । रौतहटबाट प्रतिनिधिसभा निर्वाचनमा समेत विजयी भएका उनी पक्राउ परेपछि उनको सांसद पद निलम्बन गरिएको छ । उहाँको यो मुदा लगातार ९ पटक स्थगित भईसकेको छ ।यो मुद्दाको पेसि १५ दिनपछि सरेको हो । २८ चैत ०६४ मा हुन लागेको पहिलो संविधानसभा चुनावमा मोहम्मद अफ्ताब आलम रौतहट– २ बाट कांग्रेसका उम्मेदवार थिए । जसरी पनि चुनाव जित्न उनले बुथ कब्जाको रणनीति बनाए । यही योजनाअनुसार उनले भारतको बिहारबाट बम बनाउने कालिगढ झिकाए । बम बनाउने कारखाना भने आफ्ना काका शेख इद्रिसको गाईगोठलाई बनाए ।
भारतीय कालिगढसँगै स्थानीय युवा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तर पनि बम बनाउन सहयोगीका रूपमा खटिए । २७ चैत ०६४ को साँझ गोठमा बम बनाइँदै थियो । तर, असावधानीले अचानक बम विस्फोट भयो । केही युवा घटनास्थलमै ढले, घाइतेहरू ज्यान बचाउन भाग्न थाले । चुनावको अघिल्लो साँझ भएको यो घटना सार्वजनिक हुन नदिन आलमका सहयोगीले घाइतेलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा समातेर बेहोस हुने इन्जेक्सन दिए । त्यसपछि उनीहरूलाई बोरामा प्याक गरे र ट्रयाक्टरमा खाँदेर नजिकै रहेको आलमका भाइ महताबको इँटाभट्टामा पुर्याए ।
सशस्त्र प्रहरीको स्कर्टिङमै ट्रयाक्टर इँटाभट्टा पुर्याइएको थियो । त्यसपछि घाइतेहरूलाई भट्टीमा हालियो । सिंगै शरीर नछिरेका घाइतेलाई बन्चरोले गिँडेर भट्टीमा हालियो । सबैलाई खरानी पारी प्रमाण नष्ट गरियो । बम विस्फोटको १२ वर्षपछि ०७६ असोजमा रौतहट प्रहरीले नयाँ शिराबाट अनुसन्धान थाल्यो । प्रहरीको सक्रियतापछि पीडितहरूलाई पनि बोल्ने साहस आयो, उनीहरूले प्रहरीमा जाहेरी दिए । त्यसकै आधारमा २६ असोज ०७६ मा आलम पक्राउ परेका थिए ।अहिले पुर्वपक्षका लागी नखुकारागारमा रहेका छन ।