आर.एन यादव ।बारा भदाै १२ गते ।
बारा जिल्लामा एक पत्रकार माथी हमला भएको छ । जिल्लाको सिम्रौनगढबाट प्रशारण हुदै आएको रेडियो बादलका प्रबन्ध निर्देशक एवं पत्रकार नुरआलम बादशाह माथी हमला भएको हो । जिल्लाकै आदर्श कोतवाल गाउंपालिकाका अध्यक्ष मुस्तुफा अंसारीलाई सो हमला गराएको पत्रकार आलमले बताएका हुन ।
गाउंपालिकाका अध्यक्ष अंसारीले गाउंपालिकाबाट सन्चालित एम्बुलेन्सका ड्राईवर लगाई कुटपिट गेरेको आलमको भनाई रहेको छ ।
आज जसपा अध्यक्ष उपेन्द्र यादवको कार्यक्रमका लागि गाउंपालिकाबाट सन्चालित एम्बुलेन्सका बिरगंज गएको र आफनो घरको समस्या पर्दा ड्राईवर फोन गर्दा उल्टै चालकले म जान्न भन्दै धाकधम्की–दी गाली–गलौच गरेको आलमले बताए ।
गाउंपालिका प्रमुख अंसारीले उपेन्द्र यादवको कार्यक्रमबाट र्फकीय पछि आफ्नो आसेपासे गुण्डा लगाईे आफुलाई कुटपिट गरेको पत्रकार आलमले आरोप लगाएका हुन।
जनप्रतिनिधीबाटै कुटिएका घायल भए पछि निजको उपचार जिल्लाको सदरमुकाम कलैया अस्पतालमा भईरहेको छ ।
तर यस बिषयमा गाउंपालिकाका अध्यक्ष अंसारी संग बुझदा आफुले त्यस्तो केही नगरेको र पत्रकार आलमले नै एम्बुलेन्सका ड्राईवरलाई कुटपिट गरेको बताउनु भयो ।
यस घटना बारे जांच बुझ गर्न गाउंपालिका कार्यालयमा दुबै जनालाई बोलाएको र सोही अवस्थामा दुबै पक्ष बिच एक आपसमा झडप भएको गाउपालिका अध्यक्ष अंसारीले जानकारी दिनु भयो ।घटनाको बिषयमा थप बिवरण आउन बाकीं रहेको छ ।