रौशन चौधरी भदौ १५ गते, रौतहट ।
कोभिड १९ को संक्रमणका कारण लामो समयदेखी बन्द रहेका रौतहटको सामुदायिक तथा निजी दुवै विद्यालयहरु बुधवारदेखी सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलवार एक सुचना जारी गर्दै बुधवारदेखी जिल्लाका सम्पुर्ण सामुदायिक तथा निजी विद्यालयहरु सञ्चालन गर्न अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालयले विद्यालयहरु सञ्चालन गर्न अनुमति दिएपछि बुधवारदेखी जिल्लाका सम्पुर्ण सामुदायिक र निजी विद्यालयहरु सञ्चालनमा आउने भएका छन । जिल्लामा कोभिड १९ संक्रमणको दर घटिरहेकोले स्वास्थ्य सुरक्षा मापदण्डको पुर्ण पाल्न गरी स्थानीय तहसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न पाउने जिल्ला प्रशासन कार्यालय गौरले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । स्वास्थ्य मापदण्ड पालना गरी उच्च सतर्कताका साथ विद्यालय सञ्चालन गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभरीका विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवद्धारा हस्ताक्षरित सुचनामा उल्लेख छ । कोरोनाका कारण लामो समयदेखी विद्यालयहरु बन्द हुँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित हुँदै आएको छ ।