रमेश कुमार यादब भदौँ १६,रौतहट
रौतहटमा बिधालय बन्द हुँदा किशोर ,किशोरी कुलतमा लाग्दै गएकोमा चिन्ता प्रकट गरेका छन ।बिश्व ब्यापी कोरोना महामारीका कारणले बन्द भएका विद्यालय लामो समयसम्म सञ्चालन नभएपछि किशोर किशोरीहरु दुव्र्यसनमा फस्न थालेको भन्दै रौतहटका अभिभावकहरुले चिन्ता व्यक्त गरेका छन् ।स्तरीय शिक्षाको अभावमा बालबालिकाले सही बाटो पहिल्याउन नसकेको उनिहरुको तर्क छ । कोरोना महामारीमा एक वर्षदेखी विद्यालय बन्द छन् । फुर्सदको समयको दुरुपयोग गर्दै रौतहटका किशोर किशोरीहरु दुव्र्यसनमा फसेको अभिभावकहरुको भनाई छ । किशोरकिशोरीले सही मार्ग पहिल्याउन नसक्नुको प्रमूख कारण गुणस्तरहिन शिक्षा भएको स्थानीय बृन्दावन नगरपालिकाका राम नरेश यादबको तर्क छ । व्यवहारिक शिक्षाको अबस्था कमजोर रहेकाले विद्यार्थीलाई दक्ष र नैतिकवान बनाउन नसकिएको उहाँ बताउनुहुन्छ । कोरोना महामारीको कारण देखाउँदै परीक्षा लिईएको छैन भने, आन्तरिक मुल्याङ्कनका आधारमा विद्यार्थीलाई कक्षा चढाउने गरिएको छ । जसले भविष्यमा सकरात्मक परिणाम नदिने चिन्ता अभिभावकमा छ । लामो समय शिक्षण पेशामा आबद्ध भएर अवकाश पाउनुभएका शम्भु प्रसाद यादब नेपालको शिक्षा व्यवहारिक हुन नसकेको बताउनु हुन्छ । अब प्राविधिक शिक्षामा जोड दिनुपर्ने उहाँको भनाई छ । सरकारी मात्र नभई निजि विद्यालय पनि सुधार गर्नुपर्ने देखिन्छ । विद्यार्थीलाई पाठ्य पुस्तक रटाएर मात्रै शिक्षाको गुणस्तर नबढ्ने श्री माध्यमिक विद्यालय बृन्दावन नगरपालिकाका शिक्षिका बबिता यादब बताउनु हुन्छ । कोरोना महमारीका कारण विद्यालय खुल्ने टुङ्गो छैन ।यस्तो अबस्थामा शिक्षा क्षेत्र नै वर्षौं पछि धकेलिने कतिपयको चिन्ता छ । शिक्षालाई व्यवहारिक बनाउन स्थानीय सरकारको भुमिका महत्वपूर्ण हुने सरोकारवालाहरु बताउँछन् । व्यवहारिक शिक्षाले मात्रै बालबालिलाई नैतिकवान बनाउने उनिहरुको तर्क छ ।