देवाही गोनाही नगरपालिकाको विधालय कर्मचारी तथा बालविकास शिक्षिका आन्दोलनमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र १८, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
देवाही गोनाही नगरपालिकाको विधालय कर्मचारी तथा बालविकास शिक्षिका आन्दोलनमा

सागर संगम ठाकुर । रौतहट भदौ १७ गते
रौतहटको देवाही गोनाही नगरपालिका भित्रका सम्पुर्ण कर्मचारीहरु शान्तिपुर्ण धर्नामा बसेका छन । केन्द्र सरकारले निर्धाण गरेको रकममा स्थानिय तहले हाल सम्म कुनै ठोस कदम चालन नसके पछि ति कर्मचारीहरु शान्तिपुर्ण धर्ना दिरहेका छन। नेपाल सरकाले नेपालको संबिधान अनुसार अनुसुचि नं.९ को (२) ले शिक्षकको अधिकार स्थानिय तहलाई दिएको छ । सोही अधिकार भित्र रही आर्थिक बर्ष २०७८÷७९ को शिर्षक नंम्बर २१६ मा पर्ने प्रारम्भीक बाल बिकाश शिक्षक र बिधालयका कर्मचारीहरुलाई नेपाल सरकारले निर्धाण गरे बमोजिम १५ हजार मध्य रु ८ हजार केन्द्र सरकारले र सात हजार रकम स्थानिय तहले दिनु पर्ने भनिएको छ । तर देवाही गोनाही नगरपालिकाका नगर प्रमुख, उपप्रमुख र नौ वडाका वडा अध्यक्षहरुले सोही सात हजार रकम दिनको लागि कुनै वास्ता नगरे पछि बाल बिकाश शिक्षक र बिधालयका कर्मचारीहरुले आन्दोलित भएका हुन । गएको १६ गते कर्मचारीहरुको मोर्चाले बिभिन्न ५ बुन्दे माग राखी नगरपालिकाको कार्यलयमा ज्ञापन पत्र बुझाएका थिए । सोही पाच बुन्दे निर्णयको अधारमा आज पहिलो दिन मोर्चामा अवध देवेन्द्र साहको अध्यक्षतामा बिहिबर हाथमा कोलो पटी बान्धेर शान्तिपुर्ण आन्दोलन गरि रहेका छन । कर्मचारीहरुको माग पुरा नभएको तोकिएकै तालिका अनुसार १८ गते बत्ती बाली सिटी बजाउने ,२० गते शान्ति पुर्ण नारा सहितको जुलुस ,२१ गते नगरपालिका भित्रका सम्पुर्ण बिधालय बन्द गराउने र २२ गते नगरपालिकाको कार्यलमा ताल्चा लगाउने निर्णय गरिएको बाल बिकाश शिक्षक र बिधालयका कर्मचारी आन्दोलन समितिका अध्यक्ष श्रीमति सावित्री पटेलले जानकारी दिनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस