राजेश पासवान । भदौ १८ गते रौतहट ।
रौतहट जिल्लाको माधवनरायण नगरपालिका ३ सखुअवा निवासी कारी माझीलाई जनता आवास (सरकारी आवास) कार्यक्रम अन्तर्गत घर बनाउन छानियो । नयाँ पक्की घर बनाउन पाउने भएपछि उनले पुरानो घर भत्काए । तर, चार छोराछोरी र श्रीमतीसहित बस्दै आएका कारी अहिले अत्यन्तै सास्ती झेलिरहेको छ । न त सरकारी आवास बनेको छ, न पुरानो आफ्नो घर पनि छ । जनता आवास पाउने आसमै भएको घर भत्काएकी सोही ठाउँकी चनजोतिया माझि भन्छिन नयाँ घर बनाउन पुरानो घर भत्काए पनि निर्माणमा ढिलाइ भएपछि आफुहरुलाई दिनचर्या काट्न अत्यन्तै गाह्रो भइरहेको उनले बताइन् । ‘वर्षाका वेला घर न रहेको कारण अरूले घरमा पस्न दिदैन र आफू,छोरा,छोरी, नाति नातिनि र गर्भवती बुहारी लाई समेत खुला आकाश मुनि नै आश्रय लिनुपर्छ । त्यसैगरी दलित अभियन्ता सोनालाल रामका अनुसार सरकारले निमुखा जनताको घर बनाइदिने नाममा भएको फुसको झोपडीसमेत उजाडेर आवासविहीन बनाई दिएको बताए । ‘घर बनाउने काममा सरकारी कर्मचारी र बिचौलियाले पैसा खाए, तर निमुखा दलितको घर सम्पन नभएपछि बिजोग छ,’ उनले भने, ‘संघीय सरकारको जिम्मा हुँदासम्म दलका कार्यकर्ताले लुट मच्चाए, अहिले प्रदेश सरकार मातहत आउँदा पनि कुनै सुधार भएन । संखुअवा टोलका ३ परिवारको बेहाल पार्ने कार्यक्रमको शिलान्यास गत फागुन महिनामा जनता समाजवादी पार्टी (जसपा)का नेता–कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा रौतहट क्षेत्र १ को(ख)का प्रदेश सांसद(कृषि राज्य मन्त्री)योगेन्द्र यादवले धेरै तामझामका साथ उदघाटन गर्नु भएको थियो । गरिबहरुको घर भत्काएर अर्को घर न बनाइदिए पछि मुसहर समुदाय अझ बिचल्लीमा परेको छ । कारी भन्छन गाउँकै वीर बहादुर साहले आफुहरुको घर बनाइदिने आस दिएर आफुलाई उपभोक्ता समिति को अध्यक्ष बनाए,तर आफूले के के आयो कति खर्च भयो भने कुरा नै थाहा न रहेको। र घर निर्माण को कार्य किन रोकियो त्यो पनि आफुलाई थाहा न भएको बताउदै टोलका सबैजना मलाई कराउँछन् । किन काम रोकिराखेको छ, मलाई थाहा छैन । एक छाक खान पनि नपुग्ने आफू जस्ता गरिबलाई आवास निर्माणको उपभोक्ता बनाइ दिएपछि आफू कतै मजदुरी समेत गर्न न सकेको र छड,सिमेन्ट,ईट्ट,गिटि र बालुवा को साहुले बेलाबेला आफुसंग पैसा मागिरहेकोले आफू लास्टै तनाव झेलिरहेको बताए । जनता आवास कार्यक्रमले विपन्न, लोपोन्मुख, दलित, सीमान्तकृत जाति र समुदायलाई आवासको व्यवस्था गर्ने लक्ष्य राखेको छ । तर, यही कार्यक्रमका कारण हजारौं गरिब घरवारविहीन भएको छ । प्रदेश २ सरकारले गरिब दलितको घर बनाइदिने उदेश्यले जनता आवास कार्यक्रम संचालन गरेको छ र कतिपय ठाउँमा आवास बनाइदिने भनेर गरिब संग भएको घर भत्काउन लगाइएको छ तर वर्ष दिन बितिसक्दा पनि घर बनेका छैनन्। विभिन्न नाम र बहानामा जनतालाई खुला आकाशमुनि रात बिताउन बाध्य पारिएको छ। दलीय खिचातानी, कमिसनको चलखेल, स्थानीय जातीय अन्तरविरोध, निहीत स्वार्थ आदिका कारण अहिलेसम्म गरिबका घर उजाडिए तर बनाइएनन्। प्रत्येक वर्ष जनता आवास कार्यक्रमका लागि सरकारले करोडौं रकम विनियोजन गर्छ। तर वास्तविक लक्षित वर्गसमक्ष बजेट न पुगेका कारण कार्यक्रम कार्यान्वयन हुँन सकिरहेको छैन।