शशांक भन्छन् : मलाई दुवै गुटले मन पराएका छन्

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर २७, सोमबार (४ साल अघि)
  • ५ पटक पढिएको
शशांक भन्छन् : मलाई दुवै गुटले मन पराएका छन्

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफूले कुनै गुटको प्रतिनिधित्व नगर्ने बताएका छन् । रामचन्द्र पौडेल समूहमा रहेका उनी सभापतिका आकांक्षी थिए, तर साझा उम्मेदवारका लागि दाबी छाडे । यो समूहबाट साझा उम्मेदवार बन्न सकेन ।

प्रकाशमान सिंहले छुट्टै उम्मेदवार दिएका छन् भने शेखर कोइरालाको नेतृत्वमा प्यानल बनेको छ । यो प्यानलले शशांकलाई केन्द्रीय सदस्यको सूचीमा राखेको छ । तर सोमबार मतदान स्थलमा भेटिएका निवर्तमान महामन्त्री डा. कोइरालाले आफूले कुनै पनि गुटको प्रतिनिधित्व नगर्ने बताए ।‘म कुनै गुटलाई प्रतिनिधित्व गर्दिनँ,’ उनले भने, ‘म त चाहन्छु कांग्रेस एक होस् । त्यसेले दुवै गुटले मलाई मन पराएको छ जस्तो लाग्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस