आइतबारको बिदा हटाउन राप्रपा सांसद भाटको सरकारसँग माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३०, मंगलबार (१ घण्टा अघि)
  • २९ पटक पढिएको
आइतबारको बिदा हटाउन राप्रपा सांसद भाटको सरकारसँग माग

काठमाडौं, ३० भदौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थाहरूमा अध्ययन अध्यापन प्रभावित भएको बताए ।

आइतबारको बिदा कसैलाई पनि नचाहिएको बताउँदै उनले आइतबारको बिदा खारेज गरी सातामा एकदिन शनिवार मात्र बिदा दिने व्यवस्था कायम गर्न माग गरे ।

‘विपद्को समयमा मुस्लिम समूदायले पनि सहयोग गर्ने वातारण निर्माणमा सहयोग गर्ने सबैमा धन्यवाद भन्न चाहन्छु । र यो आइतबारको बिदा कसैलाई पनि चाहिएको छैन,’ उनले भने, ‘शैक्षिक संस्थादेखि सबै ठाउँहरूमा यसले नकारत्मक असर पारिरहेको छ । त्यसकारण सरकारले आइतबारको बिदा कटौती गरेर पहिलेकै शनिवारको बिदा कायम गरोस् ।’

सरकारले मध्यपश्चिममा भएको तनावका कारण पेट्रोलियम पदार्थको आयात प्रभावित हुँदा कम खपतका गर्न भन्दै गत २०८२ चैत २३ गतेबाट सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस