
काठमाडौं, ३१ भदौ। संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले सिंहदरबारभित्र रास्वपा सांसदको गाडीलाई ठक्कर दिएको छ ।
सिंहदरबारभित्रको विज्ञान प्रविधि मन्त्रालय अगाडि केहीबेर अघि यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले ठक्कर दिएको हो ।
रास्वपा सांसद नितिमा कार्की भण्डारीको बागमती प्रदेश ०१ ०२८ च ९००९ नम्बरको गाडीलाई ठक्कर दिएको हो । स्रोतका अनुसार रास्वपा सांसद कार्कीको गाडी राेकिराखेको थियो । सो ठाउँमा दक्षिण गेटतर्फ आउँदै गरेको गाडीलाई यूएनडीपीको गाडीले ठक्कर दिएको हो ।
ट्राफिक प्रहरीका अनुसार, अहिले घटनाबारे थप बुझ्ने काम भइरहेको छ ।
