पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान तीव्र, भारतबाट पक्राउ परेको दाबी

  • Wartman Kal Dainik
  • / अपराध /
  • २०८३ मंसिर ११, बिहिबार (१६ मिनेट अघि)
  • १७ पटक पढिएको
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान तीव्र, भारतबाट पक्राउ परेको दाबी

काठमाडौं,१० मंसिर।  पूर्वमुख्यसचिव एकनारायण अर्याल भारतबाट पक्राउ परेको खबर सार्वजनिक भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार मलेसियामा कामदार पठाउने क्रममा अवैध रूपमा रकम सङ्कलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा उनलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो।

गृह मन्त्रालयका एक उच्च स्रोतले पूर्वमुख्यसचिव अर्याल भारतबाट पक्राउ परेको जानकारी आएको बताउँदै थप विवरण सार्वजनिक हुँदै जाने प्रतिक्रिया दिएका छन्।

अर्यालमाथि मलेसियामा कामदार पठाउने प्रक्रियामा अवैध रूपमा रकम सङ्कलन गरी विदेश पठाएको आरोप लागेको छ। उक्त प्रकरणमा प्रहरीले यसअघि तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरलाई पक्राउ गरिसकेको छ।

मलेसिया प्रकरणमा पक्राउ परेका दुवै पूर्वमन्त्रीमाथि ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।

पूर्वमुख्यसचिव अर्याल पक्राउ परेको भनिएको घटनाबारे प्रहरीले भने विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन। उनको पक्राउको आधिकारिक पुष्टि, पक्राउको अवस्था र मलेसिया प्रकरणमा उनको भूमिकाबारे थप विवरण आउन बाँकी छ।

ताजा अपडेट

खोजी गर्नुहोस