
कार्तिक ७ गते ।
रौतहट, कटहरिया
रौतहटको कटहरिया नगरपालिका वडा नं. ३ निवासी मनोज प्रसाद जैसवालको मोटरसाइकल शुक्रबार राति चोरी भएको छ।
रातिको करिब १२ बजेको समयमा घरमा पार्किङ गरेर राखिएको ना.५२ प ३४८१ नम्बरको १५० सी.सी.को पल्सर मोटरसाइकल अज्ञात समूहले चोरी गरी लगेको पीडित जैसवालले बताएका छन्।
पछिल्लो समय कटहरिया क्षेत्रमा दिनहुँजसो मोटरसाइकल चोरीका घटना बढ्दै गएको स्थानीयको गुनासो छ। विशेषगरी रातिको समयमा चोरीका घटना बढे पनि इलाका प्रहरी कार्यालय कटहरियाले राति गस्ती नगर्दा चोरीका घटना बढेको स्थानीय बताउँछन्।
गाडी धनी मनोज जैसवालले भने, “घरभित्रैबाट गाडी चोरी भएको छ। राति प्रहरीको गस्ती नहुनु र प्रहरी प्रशासनको लापरबाहीका कारण यस्तो घटना भएको हो।”
घटनाबारे पीडितले इलाका प्रहरी कार्यालय कटहरियामा निवेदन दिएका छन् भने प्रहरीले खोजी कार्य भइरहेको जनाएको छ।

उहाँ Wartman Kal Dainik डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |
