कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खाता खोलेर फरार भएको नगर प्रमुखको आरोप, सेवाग्राही मारमा

कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खाता खोलेर फरार भएको नगर प्रमुखको आरोप, सेवाग्राही मारमा

रौतहट,०९ कात्तिक। रौतहटको कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली खाता खोलेर फरार भएको नगर प्रमुखले आरोप लगाएका छन्।

कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले एक भिडियो वक्तव्य जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली निर्वाचन आयोग नेपालमा सरुवा भएपछि असोज २१ गते बिना हाजिरी नगरपालिकाको खाता खोलेर फरार भएको दाबी गरेका छन्।

नगर प्रमुख जैसवालका अनुसार सरुवा भइ आएका अधिकृतले हाजिरी समेत नगरी खाता सञ्चालन गरेरको otp समेत चेन्जगरेर सम्पर्कविहीन भएपछि नगरपालिकाको सम्पूर्ण प्रशासनिक र आर्थिक कामकाज ठप्प भएको छ।

प्रमुख प्रशासकीय अधिकृत असोज २१ गते आएर हाजिरी बिना खाता खोलेर फरार हुनुभयो। अहिले मोबाइल पनि अफ छ, सम्पर्कमा आउनुभएको छैन। यसले गर्दा सेवाग्राहीले धेरै सास्ती खेपिरहेका छन्,” नगर प्रमुख जैसवालले भिडियोमा भनेका छन्।

प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले सामाजिक सुरक्षा भत्ता, योजना भुक्तानी, सिफारिस लगायतका दैनिक सेवा रोकिएको स्थानीयको गुनासो छ।

यसैबीच दशैंको मुखमा तलब नपाएको भन्दै नगरपालिकाका करारका कर्मचारीहरूले तलबको माग गर्दै नगरपालिकामा ताल्चा लगाएका छन्। तलब नपाउँदा चाडपर्वको मुखमा घर चलाउन समस्या भएको उनीहरूको गुनासो छ।

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको यस विषयमा कुनै प्रतिक्रिया प्राप्त हुन सकेको छैन। नगरपालिकाले यसबारे जिल्ला प्रशासन कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराएको जनाएको छ।

लेखकको बारेमा

  • उहाँ Wartman Kal Dainik डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस