क्यासिनोमा जुवा खेल्ने ९ नेपालीसहित १२ जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर १२, शुक्रबार (२८ मिनेट अघि)
  • २१ पटक पढिएको
क्यासिनोमा जुवा खेल्ने ९ नेपालीसहित १२ जना पक्राउ

वीरगञ्ज ,११ मंसिर।  वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फर्च्युन सिटी गेमिङ क्लब प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा छापा मार्दा तिनीहरू पक्राउ परेका हुन् ।

प्रहरी प्रवक्ता एवं डिएसपी चक्रबहादुर मल्लका अनुसार बिहीबार राति करिब ११ः५० बजे खटिएको प्रहरी टोलीले क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा ९ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिकाका विजय अग्रवाल, सन्तोषकुमार यादव, अनुरागकुमार, र दीपक साह रहेका छन् ।

त्यस्तै, पर्सागढी गाउँपालिकाका दिनेश साह, बाराको कलैया उपमहानगरपालिकाका नरेश प्रसाद, काभ्रेको महाभारत गाउँपालिकाका गुन्जमान मोक्तान, सिन्धुलीको मरिण गाउँपालिकाका विनोदकुमार र काठमाडौँको शंखरापुर नगरपालिकाका राजेश श्रेष्ठ पनि पक्राउ परेका छन् ।

यसैगरी, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिकाका तिलकप्रसाद भट्ट, पर्साको वीरगञ्ज महानगरपालिकाका प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिकाका दीपकराज पराजुली रहेका छन् । प्रहरीले पक्राउ परेका १२ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस