पूर्वसांसद दिलिप साहका छोरा प्रहरीको नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर १२, शुक्रबार (१६ मिनेट अघि)
  • १९ पटक पढिएको
पूर्वसांसद दिलिप साहका छोरा प्रहरीको नियन्त्रणमा

सिरहा ,११ मंसिर।  ठगीसम्बन्धी मुद्दामा फरार रहेका पूर्वमाओवादी सांसद दिलिप साहका छोरा सन्तुलनकुमार यादव पक्राउ परेका छन्।

सिरहा मिर्चैया नगरपालिका–६ निवासी २७ वर्षीय यादवलाई ६ मंसिर राति ९:५० बजे कटारी चोकस्थित मन्चुरिया होटल अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक जीवकान्त चौधरीको कमान्डमा खटिएको टोलीले यादवलाई पक्राउ गरेको हो।

पक्राउ परेका यादवका बुवा दिलिप साह २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) बाट सभासद् बनेका थिए। उनी हाल नेपाली कम्युनिस्ट पार्टीसँग आबद्ध रहेको बताइएको छ।

प्रहरीका अनुसार यादव ठगीसम्बन्धी मुद्दामा फरार प्रतिवादीका रूपमा रहेका थिए। पक्राउपछि उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा ल्याइएको छ।

यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस