गाँजा तस्करीमा कारको प्रयोग, चेकजाँचकै क्रममा चालक फरार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ४, बिहिबार (२२ मिनेट अघि)
  • ४९ पटक पढिएको
गाँजा तस्करीमा कारको प्रयोग, चेकजाँचकै क्रममा चालक फरार

हेटौँडा,०३ मंसिर।  आज बिहान १ः४० बजे मकवानपुरको भीमफेदी–२, भैँसेमा चेकजाँचक्रममा पालुङबाट हेटौँडा आइरहेको कारमा गाँजा भेटिएको छ ।

बीएबी ४४३१ नम्बरको कारमा ९ पोका गाँजा भेटिएको हो । गाँजाको परिमाण १ सय १७ किलो ९ सय १० ग्राम रहेको प्रहरीले जनाएको छ ।

कार रोकेर सोधपुछ गर्ने क्रममा चालकले केही छैन भने पनि डिकी खोलेर चेकजाँच गर्नेक्रममा कार चालक फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस