श्रीलंकासँग भिड्नुअघि मौसमले बढायो नेपालको चिन्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १२, सोमबार (१ दिन अघि)
  • ४७ पटक पढिएको
श्रीलंकासँग भिड्नुअघि मौसमले बढायो नेपालको चिन्ता

काठमाडौं ,१२ असोज।  जापानको नागोयामा भइरहेको २०औँ एसियाली खेलकुदको क्रिकेट क्वार्टरफाइनलमा मंगलबार नेपालले श्रीलंकाको सामना गर्दै छ । तर सोमबार भएका दुई क्वार्टरफाइनलले नै सेमिफाइनल पुग्न बाँकी दुई खेलबारे धेरै स्पष्ट पार्छ ।

नागोयामा शनिबारदेखि नै निरन्तर वर्षा भइरहेको छ । नेपाल र जापानबीच शनिबार भएको समूह चरणको खेल वर्षाले पूरा हुन दिएको थिएन । त्यसका बाबजुद अघिल्लो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेका कारण नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनल पुगेको थियो ।

वर्षाका कारण सोमबारका दुई क्वार्टरफाइनल खेल एक बल पनि नफाली रद्द हुन पुगेका थिए । टसको समय हुनासाथ यी दुई खेल रद्द भएका थिए । खेल रद्द भएपछि पाकिस्तान र भारत सेमिफाइनल पुगेका छन् । पाकिस्तान र हङकङ तथा भारत र अफगानिस्तानबीचको खेल रद्द हुन पुगेका थिए । तर विश्व वरीयतामा उच्च स्थानमा रहेको कारण पाकिस्तान र भारत अघि बढेका हुन् ।

मंगलबार नेपालले श्रीलंका र बंगलादेशले मलेसियासँग बाँकी दुई क्वार्टरफाइनल खेल्दै छन् । तर मौसम पूर्वानुमानअनुरूप नेपालको खेल हुने कुनै सम्भावना देखिएको छैन । मैदानबाट पानी निकासका लागि राम्रो ड्रेनेज सिस्टम नभएको र फुल कभर पनि नभएका कारण भिजेको मैदान सुक्ने अवस्था पनि रहेको छैन । यस्तो अवस्थामा नेपाल प्रतियोगिताबाट बाहिरिन सक्छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस