सुमो दुर्घटनाका मृतक र घाइतेको विवरण सार्वजनिक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ४, बिहिबार (११ घण्टा अघि)
  • ५३ पटक पढिएको
सुमो दुर्घटनाका मृतक र घाइतेको विवरण सार्वजनिक

रौतहट,०३ मंसिर।  मकवानपुरमा भएकाे सुमो दुर्घटनामा मृत्यु र घाइते भएकाहरूको पहिचान खुलेको छ ।

भीमफेदी गाउँपालिका–१, भैँसेस्थित राप्ती खोलामा सुमो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने सातजना घाइते छन् । बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

दुर्घटनामा घाइते भएका १० जनालाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो ।

घाइतेमध्ये रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबालाई चिकित्सकले मृत घोषणा गरेका छन् । त्यस्तै सोही स्थान बस्ने अन्दाजी २२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र २५ वर्षीया अनुषा लामाको मृत्यु भएको छ ।

दुर्घटनामा सुमो चालक रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ का ३३ वर्षीय कालुमान लोप्चनसहित सातजना घाइते भएका छन् ।

चन्द्रनिगाहपुर नगरपालिका–३ का १६ वर्षीय निमा थिङ, ५८ वर्षीय कान्छा धोज, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रनिगाहपुर नगरपालिका–४ का १९ वर्षीय वय हाङ रानामगर घाइते छन् ।

घाइतेमध्ये केहीको काँध, हात, करङ, ढाड तथा टाउकोमा चोट लागेको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस