रौशन चौधरी । रौतहट । चैत्र ०६ गते
रौतहट जिल्लाको चन्द्रपुरको वडा नम्बर ५ को नेपाली काँग्रेसका सभापतिमा मुकेश गिरिलाई नै कायम गरिएको सञ्चारकर्मी उपेन्द्र गोलेले जानकारी गराउनु भएको हो । गिरि नेपाली काँग्रेसको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ को सभापति चयन हुँदा विवाद भएको थियो । विवाद पश्चात उजुरी परेपछि नेपाली काग्रेस केन्द्रिय निर्वाचन समिति २०७७ असोज ६ गते रौतहट क्षेत्र नं. ३ का सभापति दामोदर घिमिरेलाई सभापतित्वको जिम्मेवारी दिइएको थियो । रौतहट क्षेत्र न.३ को सभापतिमा राम अयोध्या राय यादबलाई नै कायम गरेको छ । २०७७ असोज ९ गते नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिमा राम भरोसा प्रसाद यादबले दिएको उजुरीमा प्रमाण,दाबी नपुगेको भन्दै गिरि र यादबलाई नै सभापतिमा कायम गरिएको केन्द्रीय निर्वाचन समितीका सचिब जगन्नाथ श्रेष्ठद्वारा हस्ताक्षरित पत्रले जनाएको छ ।