प्रदीप दास ,चैत्र ०६ गते ।
नमस्कार । स्वागत छ , यहाँलाई वर्तमानकाल दैनिक पत्रिकाको यो नया संवादमा ।
-धन्यवाद ।
प्रश्न नम्बर – १ तपाईको आफ्नो परिचय दिनुहोस।
– मेरो नाम धेर्मेंद्र प्रसाद पटेल ,म देवाही गोनाही नगरपालिकाको नगर प्रमुख।
प्रश्न नम्बर –२ तपाइको नगरपालिका द्वारा यो आर्थिक वर्षमा के कस्तो विकास निर्माणको काम हरु भईरहेको छ ?
–रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा विकासको बारेमा भन्नु पर्दा हाम्रो नगरपालिकाको कार्यालयको लागि दुई तल्ले नयाँ भवन निर्माणको काममा लागेका छौ। त्यो नवनिर्माण भईरहेको नयाँ भवनमा करिब ४०र४५ वट्टा कोठा रहने छ। यो भवनको शिलान्यास बिगतको आश्विन महिना भएको थियो र आउदो आश्विन सम्म निर्माण भई सक्ने अनुमान गरिएको छ।
प्रश्न नम्बर –३ तपाई आफ्नो कार्यकालमा विद्यालय ,मठ मन्दिर ,बजार व्यवस्थापन, सडक ,नाला , प्रसाशनिक भवन ,मस्जिद र बालविकास प्रतिको विकासमा कतिको ध्यान दिनुभएको छ ?
–ईलाका प्रहरी कार्यालयको पहिलाको गाबिस भवनको माथिको तिन तल्ला थप , छेउमै रहेको ब्यारेक निर्माण ,पंचायती गर्नको लागि गोल घर निर्माण ,शौचालय निर्माण लगायत ईलाका प्रहरी कार्यालयको काम गर्दैछौ। त्यस्तै सशस्त्र प्रहरी बेस कैम्पमा हामी मेसको घरको लागि व्यवस्था पनि मिलाएका छौ। साथ साथै वडा नम्बर ३ मा अवस्थित सरस्वति माबिको आठ कोठे भवनको निर्माण भईरहेको र त्यस्तै वडा नम्बर ३ को आधारभूत विद्यालयमा पनि आठ कोठे भवनको निर्माण सुरु भएको ,देवाही बजारको बउण्डरि वाल निर्माण ,सट्टर सहितको आठ कोठे बजारको भवन निर्माणको काम अगाडी बढेको ,बिभिन्न विद्यालयको कक्षा कोठा थप्ने ,विद्यालयमा शौचालय निर्माण ,मदरसाको बौण्डरि निर्माणको काम र त्यसमा वालबालिकाहरुको लागि कम्प्युटर ,सिलाई मसिन पनि दिएका छौ ,मठ मन्दिरको भगवान मन्दिर ,वाल निर्माण ,बिभिन्न विद्यालयमा वाल निर्माण कक्षा कोठा थप ,पक्कि सडक ढलान र जय किसान मावि मा पनि प्रसाशनिक भवन निर्माणको काम पनि अगाडी बढेको ,बालविकास केन्द्रको भवन निर्माणको काम पनि अगाडी बढेको हो।
प्रश्न नम्बर –४ अहिले धेरै स्थानीय तहहरुमा नालाको कामै नगरि मात्र सडक ढलान भैरहेको छ पानीको निकास हुदैन असाढमा धेरै कठिन हुन्छ आवतजावतमा त्यस्तो तपाइको नगरपालिकामा छ भने प्रष्ट भन्दिनुस न।
–हेर्नुस जनताको ईच्छा अपेक्षा धेरै छ तर सिमित साधन श्रोतमा जनताको घर सम्म पक्कि सडक निर्माण गर्ने क्रममा जहाँ फराकिलो सडक छ त्यहाँ नाला सहितको सडक जहाँ छैन त्यहाँ जनताको घर सम्म कम्तिमा पक्कि सडक बनाउने तर्फ़ लागेका छौ।
प्रश्न नम्बर –५ यो तपाइको नगरपालिकाबाट जनताहरु लाई निसशुल्क मिल्ने केहि सेवा सुबिधाहरु छन् ?
–यो नगरपालिकाबाट जनताहरुलाई पंजीकरणमा लाग्ने शुल्क सबै निसशुल्क नै गरेका छौ ,जस्तै सिफारिस शुल्क ,जन्मदर्ता ,विवाह दर्ता ,मृत्यु दर्ता ,नागरिकता सिफारिस र मालपोतको लाग्ने दस्तुर पनि निसशुल्क गरिएको छ ,त्यस्तै विद्यार्थीहरुको लाग्ने परीक्षा फिस पनि जहाँसम्म प्रमाण पत्रको पनि दस्तुर निसशुल्क गरेका छौ। भन्नु पर्दा विद्यालयको परीक्षा फिसको वार्षिक रुपमा २५र२६ लाख रुपैया यो नगरपालिकाले बैंक दाखिला गरि परीक्षा नियन्त्रक कार्यालयमा राजस्व पठाई रहेका छौ।
प्रश्न नम्बर –६ यो त भयो तपाईको शिक्षाको विषय सम्बन्धि ,तपाईको नगरपालिका स्वास्थ्य क्षेत्रमा के कस्तो कदम चालेको छ?
–रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका ५ वट्टा पहिलाको गाबिस मिलेर बनेको नगरपालिका हो। पहिलाको ५ वट्टा गाबिसको स्वास्थ्य चौकीमा ४ वट्टा वडामा अहिले नभएको कारण पहिलाकै स्वास्थ्य चौकीबाट नै सेवा लिईरहेको देखिएको छ ,त्यसैलाई मध्यनजर गर्दै अब हामी यो नगर पालिकाको वडा नम्बर ३ को स्वास्थ्य चौकीको स्तरोन्नति गरि १५ सैया अस्पतालको निर्माण गर्ने तर्फ़ ध्यान केन्द्रित गरेका छौ र त्यो चाडै हुने पनि जनाउन चाहन्छु।
प्रश्न नम्बर –७ तपाईको नगरपालिकामा एम्बुलेन्सको सुबिधा छ कि छैन?
–एम्बुलेन्स खरिद भईसकेको छ ,कर छुटको कारणले हाम्रो एम्बुलेन्स भन्सारमा लागेको छ। यहि २ गते को कर छुटको प्रमाण पत्र लिनु थियो र प्रदेश सरकारसंग समयमा नै निर्णय न हुन् सकेको कारण,साथै हामीहरुको कागज तयार पार्नमा ढिलाई भएकोले न आएको हो अब चाडै आउछ विश्वाश छ।
प्रश्न नम्बर– ८ मेयर साहब तपाई त शिक्षा ,स्वास्थ्यको बारेमा बताई दिनुभयो ,अब तपाईलाई सोधन चाहन्छु तपाई किसानहरुको लागि के सेवा सुबिधा दिनु भएको छ ?
–किसानहरुको लागि मोटर वितरण गर्ने सोचमा छु र मोटर चलाउनका लागि सौर्य उर्जाको व्यवस्था गर्ने तर्फ़ ध्यान केन्द्रित गरेको छु। मोटर बितरणको प्रक्रिया पनि अघि बढेको छ र चाडै बितरण हुने पनि जनाउन चाहन्छु।
प्रश्न नम्बर – ९ तपाई चप्पा कल व्यवस्थित तरिकाले दिनुभएको छ कि कसो ?
–नागरिक आवश्यकताको आधारमा मैले चप्पा कल निर्माण गरिरहेका छौ र हस्तान्तरण गरेका छौ र खान बनाउनमा सहज होस् भनि जनतालाई गैस सिलिण्डर सहित का चुल्हा बितरण पनि गरिसकेका छौ।
हवस्त । नमस्कार, तपाई आफ्नो बहुमूल्य समय दिनुभएको मा।
-धन्यवाद । वर्तमानकाल दैनिक पत्रिकालाई जुन मलाई आफ्नो मनको कुरा जनता सामु पुर्याउने मौका दिनु भएकोमा।