प्रदीप दास ।वृन्दावन । चैत्र ०८ गते ।
नमस्कार ,स्वागत छ ,यहाँलाई वर्तमानकाल दैनिक पत्रिकाको यो विशेष संवादमा ।
-धन्यवाद ,तपाईलाई अनि तपाईको होलटिमलाई ,खुशी लाग्यो आज मैले पनि तपाईको यो वर्तमानकाल दैनिक पत्रिकाको विशेष संवादमा अन्तर्वार्ता दिने अवसर पाएकोमा।
प्रश्न नम्बर –१ तपाई आफ्नो छोटो परिचय दिनुहोस्।
–मेरो नाम धर्मेन्द्र पटेल हो ,मेरो घर वृन्दावन नपा वडा नम्बर –६ हरसाहा टोलमा पर्दछ। म एउटा राजनीतिकर्मी छु ,र हाल म नेकपा एमाले पार्टीमा आवद्ध भएर नेतृत्व गर्दैछु। निरन्तर रुपले समाजको समस्याहरुलाई बुझेर समस्याको समाधान गर्दै गराउदै समाजमा सेवा गरिरहेको छु र म यस वृन्दावन नगरपालिका वडा नम्बर – ६ को वडा प्रत्यासीको रुपमा छु।
प्रश्न नम्बर –२ तपाई राजनीतिमा कहिले देखि लाग्नु भयो ?
–म त् राजनीतिमा भन्नु पर्दा १८ वर्षको उमेर देखि नै राजनीति तर्फ आकर्षित भएको छु । तर राजनीति सिक्दै जादा चुनावमा पनि वडाको अध्यक्ष पदमा लडेको थिए ।
प्रश्न नम्बर –३ तपाई राजनीतिमा लाग्नुको मुख्य उद्देश्य के होला त् ?
–हो मैले भन्नु पर्दा हाम्रो समाजमा भईरहेको विभेद ,अन्याय ,अत्याचार र भ्रस्टाचारको अन्त्य गर्ने उद्देश्यले म राजनीति मा लागेको छु ,साथै समाजसेवा गर्ने उद्देश्यले राजनीतिमा लागेको छु।
प्रश्न नम्बर –४ तपाई आफ्नो समाजमा जनताहरुको लागि के–के गर्नुभएको छ ?
–बिना पद र पावरको कसैले केहि गर्न सक्दैन ,तर पनि म गाबिस कै बेला देखि समाजको हक हितको लागि काम गर्दै आएको छु। साथै गाउँको धेरै जसो कामहरु छन् जुन म आफ्नो व्यक्तिगत लगानी गरेर पनि काम गराएको छु। यहाँका जनताहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्दै आएको छु।
प्रश्न नम्बर –५ एउटा वडा प्रत्यासीको नाताले तपाई यो वडाको विकासको निम्तिके कस्ता डिजाईन तयार गर्नु भएको हो ?
–म एउटा वडा प्रत्यासी भएको नाताले आफ्नो समाजलाई विकसित र शिक्षित दुवै बनाउने सोच राखेको छु। यो वडाका नाला निर्माण र सडक ढलान देखि लिएर शिक्षा ,स्वास्थ्य ,कृषिमा पनि सुधार गर्ने डिजाईन गरेको छु। साथै यहाँका हरेक जनताको दुःख र पिडालाई आफ्नै पिडा सम्झेर चौतर्फी विकास गर्ने सोच राखेको छु।
प्रश्न नम्बर –६ तपाईले सोचेको अनुसार तपाईको वडामा काम हुन् सकेको छ कि छैन ?
–धेरै दुःखको साथ् भन्नु परिरहेको छ कि यहाँको जनताले जुन जनप्रतिनिधिहरुलाई निर्वाचित गरेको छ ,त्यो जनप्रतिनिधिले यो वडाको परिवर्तनको त् कुरै छोडदिनु एउटा टोलको पनि परिवर्तन गर्न सकेको छैन ,वहालाई वहाको आफ्नै काम र कर्तव्यको बारेमा केहि ज्ञान नै छैन। यहाँका निर्वाचित जनप्रतिनिधिले कुनै यस्तो कामै गरेको छैन जुन कामले म र यहाँका जनताहरु सन्तुष्ट होस्।
प्रश्न नम्बर –७ तपाईको वडामा कति प्रतिशत नाला निर्माण र सडक ढलान भईसकेको छ?
–अब यस बिषयमा भन्दाखेरी यो वडामा नाला निर्माणको अवस्था त् जिरो प्रतिशत छ र सडक ढलानको बारेमा भन्दाखेरि अलिकति मात्रै भएको देख्न सकिन्छ। यति मात्र न भएर यो वडामा नयाँ काम पनि थालेको छैन। अझै प्रष्ट रुपमा भन्दा यहाँका वडा अध्यक्ष देखि यहाँका निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त भएको देखिन्छ।
प्रश्न नम्बर –८ तपाईको वडामा शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ ?
– तपाई एकदमै राम्रो प्रश्न गर्नु भो मलाई असाध्यै खुशी लाग्यो। यहाँको शिक्षा र स्वास्थ्यको अवस्था पनि दैनिय रहेको छ। स्वास्थ्य चौकी त् छ तर डाक्टर समयमा आउदैन। यदि आईनै हाल्यो भने अस्पतालमा औषधि नै छैन भनेर भन्ने गर्छन। मेरो वडामा रहेको विद्यालयको अवस्था पनि एकदमै लथालिंग देखिन्छ। विद्यालय सुधार गर्ने प्रति वहाहरु को कुनै चासो नै देखिदैन।
प्रश्न नम्बर –९ अन्त्यमा तपाई आफ्नो वडाका जनताहरु माझ के–के संदेशहरु छोड्न चाहनुहुन्छ ?
–म आफ्नो वडाको जनताहरुमा के संदेश छोड्न चाहन्छु भने ,तपाईहरु अब शिक्षित नेतृत्वलाई मात्र चुनिनु होला भनि भन्न चाहन्छु। किनभने समाजको मुखार फेर्ने जनप्रतिनिधि नै हो ,त्यसैले अब देखि त्यस्तो भुल न गर्नु होला र समाजमा परिवर्तन गर्न ,बिकसित बनाउन राम्रो व्यक्तित्वलाई मात्र रोज्नु होला ,भन्न चाहन्छु।
तपाईले हाम्रो यस वर्तमानकाल दैनिक पत्रिकाको बिशेष संवादमा आफ्नो बहुमूल्य समय दिनुभएको मा म प्रदीप दासको तर्फबाट मुरी–मुरी धन्यवाद दिन चाहन्छु ।
-धन्यवाद। तपाई र तपाईको यस वर्तमान काल दैनिक पत्रिकाको होल टिमलाई मेरो तपÞर्mबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु जुन कि मेरो मनको दुई शब्द हाम्रो जनता माझ राख्न मौका दिएको मा। धन्यवाद नमस्कार ।