राजेश पासवान चैत्र ०८ गते। रौतहट।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ रौतहटको ५ औ जिल्ला अधिवेशन शनिवार रौतहटको चन्द्रपुर ४ को बगैँचा रेष्टुरेन्ट मा सम्पन्न भएको अधिवेशनमा हरिचन्द्र मिश्र लाई सर्व सहमति बाट चयन गरिएकोछ भने उपाध्यक्ष मा अशोक झा,रविन्द्र अभिल,कोषाध्यक्षमा दिपेन्द्र मिश्र,सदस्यहरु विष्णु कुमार श्रेष्ठ,वसन्त कुमार,रन्जन प्रसाद जयस्वाल र अर्जुन कुमार साह सर्वसहमतिले चयन भएकाहुन।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ रौतहटका पुर्व अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्षता तथा नेपाल पुस्तक तथा स्टेसनरि व्यवसायि महासंघको प्रदेश अध्यक्ष मुकेश सिंह को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्ने बक्ताहरुले पुस्तक बिक्रिको सिजन अव सुरु हुन लागेकोले कसरि व्यवस्थित र मर्यादित बनाउने भन्ने बारेमा ध्यान दिनुपर्ने बताउदै हाल व्यवसायिमा संगठन प्रति बितृष्णा बढेको बताउदै रौतहटमा भने संगठन मजबुत रहेकोमा धन्यबाद व्यक्त गरेका थिए । व्यवसायिले स्वच्छ रुपमा प्रतिष्पर्धा गरेमा व्यवसायमा सफलता मिल्ने बताउदै अवैध रुपमा बिक्रि बितरण हुने पुस्तक र बेच्ने व्यापारीलाई कार्वाहि हुनुपर्ने माग गर्दै आफुहरु नाफा गर्ने व्यवसायमा लागेको नभई ज्ञान प्रदान गर्ने व्यवसायमा लागेकोमा गर्व गर्नुपर्ने बताएका थिए ।
प्याप्सनको केन्द्रीय सदस्य के।बी।थापाको बिशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा अथितिमा धिरज कुमार श्रेष्ठ,किरण न्युपाने,निराजन रिमाल,लोक बहादुर श्रेष्ठ,महेश रेग्मी,अनिल मण्डल,उमेश बासकोटा,रिजिकेश चिमरीया,गंगा प्रसाद खडका,अच्युत प्रसाद हुमागाइ र हरि कोइराला लगायतको व्यक्तिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मनतव्य दुर्योधन चौधरी ले गरेको थियो भने कार्यक्रमको संचालन नवीन कुमार झा ले गर्नुभएको थियो।