आरके श्रीवास्तव । रौतहट । चैत्र ०९ गते
गुजरामा राष्ट्रिय जनगणना २०७८ सम्बन्धमा एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । मेरो गणना मेरो सहभागिता भन्ने नारा का साथ सो अन्तरक्रिया गरिएको थियो । गुजरा नगरपालिकाको स्थानीय जनप्रतिनिधिहरु तथा कर्मचारीहरु सँग राष्ट्रिय जनगणना २०७८ सम्बन्धमा एक दिने अन्तरक्रिया तथा कार्यशाला गोष्ठी भएको निम्ति प्रमुख प्रशासकिय अधिकृत बिनोद जयसवाल जानकारी गराउनु भयो । डब्लु इ एमको आयोजना र युएनएफपिसिको सहयोगमा उक्त कार्यक्र गरिएको थियो । सो अवसरमा गुजरा नगरप्रमुख सन्तलाल चौधरी ,उपप्रमुख शेष रौशन खातुन , निम्ति प्रमुख प्रशासकिय अधिकृत बिनोद जयसवाल सहित गुजरा नगरपालिकाका कार्यपालिका सदस्यहरु उपस्थिती रहेको थियो ।