सर्ट गनसहित झापामा एक युवक प्रहरीको नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ७, आईतबार (१३ घण्टा अघि)
  • ४१ पटक पढिएको
सर्ट गनसहित झापामा एक युवक प्रहरीको नियन्त्रणमा

झापा, ०७ भदौ। झापामा सर्ट गनसहित एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकको टोलीले सर्ट गनसहित ती युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुमन कर्ण नाम गरेका २० वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी बसन्धुरा खड्काले बताइन् ।

कर्ण मोटरसाइकल ग्यारेजमा काम गर्ने युवक हुन् । उनीबाट बरामद सर्टगन जेनजी आन्दोलनमा सुरक्षाकर्मीबाट लुटिएको हतियार रहेको प्रहरीले बताएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस