तत्काललाई रोकियो रवि लामिछानेको चीन भ्रमण

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ७, आईतबार (१२ घण्टा अघि)
  • ६४ पटक पढिएको
तत्काललाई रोकियो रवि लामिछानेको चीन भ्रमण

काठमाडौ, ०७ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ । उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको हो ।

यसअघि पनिअगस्ट दोस्रो साता हुने भनिएको भ्रमण एक महिना पछि सारिएको थियो । त्यसपछिलामिछाने भदौ ७ देखि १४ गते (अगस्ट २३ देखि ३०) सम्म आठ दिने चीन भ्रमणमा जाने गरी कार्यक्रमहरूको तयारी भइरहेको थियो।

भ्रमणमा लामिछाने र पत्नी निकिता पौड्यालसहित पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने र बोइजिङपछि तिब्बतको कैलाश मानसरोवरसम्म जाने बताइएको थियो।  तर, सेप्टेम्बर दोस्रो साता पनि सभापति लामिछानेको भ्रमण नहुने भएको छ ।

स्रोतका अनुसारचीनका राष्ट्रपति सी चिनफिङसँग भेट नहुने र देशभित्रकै परिस्थिति पनि केही फेरिएको अवस्थामा लामिछानेले तत्कालका लागि भ्रमण स्थगित गरेका हुन्।  भदौका लागि तय भएको भ्रमण स्थगित भए पनि उनी असोजमा चीन भ्रमणमा जान सक्ने सम्भावना छ। यद्यपि, भ्रमणको नयाँ मिति भने अहिलेसम्म तय भइसकेको छैन।

स्रोतका अनुसार अब सांसदहरुको टोली ७ दिनका लागि चीन भ्रमणमा जाने तय भएको छ । बेइजिङमा हुने विकासशील देशका सांसदहरूको ८औँ सेमिनारमा सहभागी हुन पाँच जनाको टोली भोली भदौ ८ गते चीन जाने कार्यक्रम छ।

प्रतिनिधिसभामा रास्वपाका सांसद कमल सुवेदीले नेतृत्व गर्ने टोलीमा राष्ट्रिय सभाका सांसद झक्कु सुवेदी, किरण बाबु श्रेष्ठ, प्रतिनिधिसभाका सांसद यज्ञ बहादुर बोगटी र संघीय संसदका उपसचिव शारदा भण्डारी रहने छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस