ओम प्रकाश यादव चैत्र ९ गते, रौतहट ।
रौतहटका प्रमुख जिल्ला अधिकारी सिडियो इन्द्रदेव यादवले आम नागरिकलाई सर्व सुलभ ढंगले सेवा प्रवाह गर्न माधवनारयण नगरपालिकाका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । आम नागरिकको गुनासो तथा समस्यालाई तुरुन्त समाधान गर्न र नागरिकको काममा अलिकति पनि विलम्ब नगरी छिटोछरितो सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी यादवले जनप्रतिनिधिलाई आग्रह गरेका हुन । जिल्ला प्रशासन कार्यालय रौतहटको आयोजनामा माधवनारायण नगरपालिकाको कार्यालय माधोपुरको प्रांगनमा आज नागरिक प्रति उत्तरदायित्व प्रवद्र्धनका लागि आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै सिडियो यादवले यस्तो बताएका हुन । जिल्ला प्रशासन कार्यालय गौरका प्रमुख समेत रहनु भएका सिडियो इन्द्रदेव यादवले संविधानमा सुनिश्चित गरिएको मौलिक हक र कर्तव्य, संविधानमा समेटिएका अन्य व्यवस्थाहरु जनताका अधिकार, महिला अधिकार, दलितका अधिकार आदिका बारेमा पनि जानकारि गराउनुभएको छ । जनप्रतिनिधिबाट सार्वजनिक सेवा प्रवाहको क्रममा कुनै किसिमको विलम्ब अथवा द्धुविधा भए सिधा आफुलाई खबर गर्न सिडियो यादवले आग्रह गरेका हुन । जनताको काममा ढिलासुस्ती नगर्न आग्रह गर्दै सिडियो यादवले सार्वजनिक सेवा प्रवाहमा कुनै त्रुटि एवं गुनासो भए सिधा आफुलाई भन्न जनप्रतिनिधि एवं कर्मचारीहरुलाई आग्रह गरेका हुन ।