प्रदीप दास।चैत्र ११ गते।
नमस्कार ,स्वागत छ यहाँलाई वर्तमानकाल दैनिक पत्रिकाको यो नयाँ संवादमा।
धन्यवाद ,तपाईलाई अनि तपाईको होलटिमलाई। मेरो व्यक्तिगत तर्फ र यो कटहरिया नगरपालिकाको सम्पूर्ण परिवारको तर्फबाट हिन्दुहरुको महानपर्व रंग र अबिरको पर्व होलीको शुभ अवसरमा कटहरिया नगरपालिकाका सम्पूर्ण नगरबासि लगायत देश-विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा सुस्वास्थ्य ,दिर्घायु र समृद्धिको लागि मंगलमय शुभकामना व्यक्त गर्दैछु।
प्रश्न नम्बर -०१ तपाई आफ्नो छोटो परिचय दिनुहोस।
-मेरो नाम नुरजहाँ खातुन हो। म रौतहट जिल्लाको क्षेत्र नम्बर -३ अन्तर्गत कटहरिया नगरपालिकाको नगर उप प्रमुखको रुपमा पदभार सम्भाल्दै आएकी छु। साथ-साथै यस कटहरिया नगरपालिकाको जनताहरुलाई प्रत्येक समस्यामा पनि साथ दिदै आएकी छु।
प्रश्न -२ तपाई कुन पार्टीमा आबद्ध हुनुहुन्छ ?
-म नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा आवद्ध छु ।हाम्रो समाननिय पूर्व-प्रधानमन्त्रि एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल “प्रचण्ड” ज्युको पार्टीबाट स्थानीय तहको निर्वाचनमा रौतहट जिल्लाको कटहरिया नगरपालिकाबाट नगर उप-प्रमुखको पदमा निर्वाचित भएको छु र म धेरै खुशी पनि छु। यो पार्टी मलाई धेरै नै मन पर्छ ,किनभने गरीब ,दलित बिपन्न ,पिछडावर्ग ,मुसहर ,डोम ,दुसाधलाई स्तरोन्नति बढाउनमा विशेष पहल गरेको देखिन्छ। त्यसैले हाम्रो पुर्खाहरु अघि देखि नै कम्युनिष्टको नीति लिएर हिड्नु भएको हो।
प्रश्न नम्बर -३ तपाई राजनीतिमा लाग्नुको मुख्य उद्देश्य के होला ?
-म कहिल्यै पनि सोचेको पनि थिएन कि म यो नगरपालिकाको नगर उप-प्रमुख भएर एक दिन जनताहरुलाई सेवा दिने मौका पाउछु। मेरो पुर्ख्यौली राजनीति कम्युनिष्ट पार्टीबाट नै शुरु भएको हो ,मेरो ससुराबा बिगतको समय देखि नै हाम्रो समाजमा रहेको गरीब ,दु:खीलाई सहयोग गर्ने भावना रही आएकोले हाम्रो जनताहरुले हामीलाई यो स्थान सम्म पुर्याएको छ। र म मात्र होइन मेरो श्रीमान्को सहयोगी भावनाको हिसाबले पनि म यहाँ सम्म आएको भन्न चाहन्छु ,किनभने वहाँ सधै सामाजिक कार्यमा नै व्यस्त रहनुहुन्छ मलाई पनि असाध्यै खुशी लाग्छ। फेरी म के भन्न चाहन्छु भने सामाजिक समस्या के हो ,युवाहरुको समस्या के हो ,बृद्ध-बृद्धहरुको समस्या के हो ,महिलाको समस्या के हो ,वालवालिकाको समस्या के हो ,किसानको समस्या र आपंगको समस्या के हो त्यो सबैको समस्या वास्तविक पता लगाई ध्यान केन्द्रित गरि सुधार गर्ने मेरो चाहना रहेको भन्न चाहन्छु।
प्रश्न नम्बर -४ तपाई यो कटहरिया नगरपालिकाको नगर उप-प्रमुख भएर के के काम गर्नु भयो ?
-तपाई ले यो धेरै राम्रो प्रश्न गर्नु भो मलाई धेरै खुशी पनि लग्यो ,हाम्रो यो नगरपालिकामा भन्नु पर्दा मैले धेरै कामहरु गरेर जनता समक्ष देखाएकी रहेछु। कटहरिया नगरपालिका अन्तर्गत रहेका बिभिन्न वडाहरुमा पीसीसी सडक ढलान ,नाला ,वडा – ४ को कार्यालय भवन निर्माण ,स्वर्गीय कमरेड आदरणीय महादेव साह स्मृति गेट ,५० लाखको लागतमा नमुना पीसीसी सडक ढलान ,इदगाह ढलान तथा कम्पाउण्ड वाल निर्माण ,मस्जिद मरम्मत ,बिभिन्न विद्यालयहरुमा अध्ययनरत कक्षा ८ देखि १२ सम्मका किशोरीहरुको लागि स्वस्थ रहने उद्देश्यले सेनेटरी पैड वितरण गरिएको ,म एउटा महिला भएर महिलाको पिडा बुझेर धुवाबाट बच्नका लागि धुवा रहित समाज बनाउनका लागि वडा वडामा गैस सिलिन्डर -चुल्हा बितरण गरिएको , किसानहरुको कृषिमा स्तरोन्नति बढाउनका लागि मल्ल खाद् सस्तो र भर् पर्दो रेटमा उपलव्ध गराएको छु साथै बाकी रहेका वडाहरुमा पक्कि सडक ढलान , धार्मिक स्थलहरु निर्माण गर्न योजना बनाएको छु र हिन्दुहरुको लागि बिभिन्न वडाहरुमा मठ मन्दिर ,मुस्लिम समुदायमा मस्जिद र इदगाह बनाउने तर्फ ध्यान केन्द्रित गरेकी छु।
प्रश्न नम्बर -५ तपाई मुस्लिम समुदायको महिला उप-मेयर भएता पनि हिन्दुधर्ममा मनाउने पर्वहरुमा बढी सहभागिता जनाउनु हुन्छ ,सामाजिक संजालमा तपाईको धेरै चर्चा पनि हुन्छ कस्तो लाग्छ ?
–हेर्नुस। धर्म कसैको आफ्नो छैन मन आफ्नो हुनु पर्छ ,दयालु हुनु पर्छ ,जात भन्नु पर्दा यो संसारमा दुईटा मात्र हो एक महिला त एक पुरुष , त्यो मेरो मनमा छ म भन्न चाहन्छु। तपाईहरु हेर्दै आउनु भएको होला मलाई बिश्वास छ। म आफ्नो मुस्लिम धर्म जति मान्छु त्यति नै हिन्दुधर्मलाई मान्दै आएको छु। म प्रत्येक वर्षमा आफ्नो समाजमा मनाउने छठ पर्वको घाठहरुमा गई ब्रतालुहरुसंग घुलमिल गरि छठी माताको दर्शन गरि आशिर्वाद लिने गर्छु ,मठ मन्दिरमा दर्शन गर्ने गर्छु ,भगवानसंग प्रार्थना गरि आशिर्वाद पनि लिन्छु ,त्यति गर्दा मलाई धेरै गर्व लाग्छ। यति मात्रै होईन मेरो श्रीमानले पनि अस्ति नै एक महात्मा बाबालाई भारतको हरिद्वार दर्शन गर्नका लागि नगद साढे दश हजार पनि सहयोग गर्नु भएको थियो । बाबा चाही यहि आउदो ३० गते बाबाहरुको टोलि लिएर हरिद्वार जानुहुन्छ। बाबासंग चर्नोस्पर्श गरि उत्तरोत्तर प्रगतिको लागि आशिर्वाद पनि लिनु भएको थियो र त्यो समाचार सामाजिक संजाल लिएर बिभिन्न पत्रपत्रिकाहरुमा भाईरल पनि भएको थियो।
प्रश्न नम्बर -६ तपाई लक्डाउनमा गरीव बिपन्न जनताहरुको लागि के के सेवा सुबिधा दिनुभयो ?
-त्यो त एउटा दैवीप्रकोप थियो ,यस्तो अवस्था थियो कि हामी अहिले सम्म नै हेरेकै थिएन ,लक्डाउन पनि सुनेको पनि थिएन ,पछि आएर कोभिड १९ को कारणले हामी थाहा पायौ कि लक्डाउन यस्तो हुन्छ भनेर ,त्यो प्रकोपको कारण कहिँ कतै न आउने न जाने समय स्थिति उत्पन्न भएको थियो र त्यस्तो समयमा पनि क्वरेण्टाईनमा बसेका हाम्रा दाजुभाई दिदिबहिनिहरुसंग भेट गरि समस्या बुझ्ने गर्थे ,यसका साथ् साथै मेरो श्रीमानले भारतको हरियाणामा फसेका दाजुभाईहरुका लागि यहाँबाट नगद आर्थिक सहयोग पनि गर्नु भएको थियो र सिमा नाकामा रहेका हाम्रा नेपाली दाजुभाईहरुलाई एम्बुलेन्स पठाई सकुसल नेपाल पनि बोलाउनु भएको थियो , यो भाईरसको प्रभावले नेपाल देखि लिएर विश्व नै अहिले सम्म पनि प्रभावित्र नै देखिएको छ। अहिले पनि होसियारीका साथ् दूरी बनाई बस्न सल्लाह पनि दिन्छु , गरीब ,बिपन्नलाई जीवनयापन गर्न धेरै गाह्रो भएको थियो ,हामी त्यहि समयमा वहाहरुको परिस्थिति हेरी हेरी राहत स्वरुप खाद्धान्य सामग्री वडा वडामा गएर वितरण गरेका थियौ।
प्रश्न नम्बर -७ अन्त्यमा तपाई आफ्नो विचार जनताहरु माझ के संदेश दिन चाहनुहुन्छ ?
-जनतालाई म यो भन्न चाहन्छु कि कुनै पनि समय कुनै पनि समस्यामा म तपाईहरुको साथ् छु र सधै साथ दिईरहने छु। साथै यो पनि भन्न चाहन्छु कि तपाईको नजरमा कुन नेता गलत छ र कुन नेता ठिक छ भनि सोचेर मात्र आगामी चुनावमा छानीछानी चुन्नु होला।
हवस्त। तपाईलाई धेरै धेरै धन्यवाद । हाम्रो यो वर्तमानकाल दैनिकको बिशेष सम्बादमा तपाई आफ्नो बहुमुल्य समय दिनु भएकोमा।
धन्यवाद , प्रदीप जी तपाईलाई अनि तपाईको होल टिमलाई। फेरी पनि मेरो व्यक्तिगत तर्फ र यो कटहरिया नगरपालिकाको सम्पूर्ण परिवारको तर्फबाट हिन्दुहरुको महान पर्व रंग र अबिरको पर्व होलिको शुभ अवसरमा कटहरिया नगरपालिकाका सम्पूर्ण नगरबासि लगायत देश विदेशमा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा सुस्वास्थ्य ,दिर्घायु र समृद्धिको लागि मंगलमय शुभकामना व्यक्त गर्दै छुटिन चाहन्छु नमस्कार, धन्यवाद।