आरके श्रीवास्तव । रौतहट । चैत्र १२ गते
रौतहट सदरमुकाम गौरमा मातृभाषा माध्यममा शिक्षण सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । गौर स्थित जिल्ला समन्वय समितिको सभा हलमा सो कार्यक्रम गरिएको थियो । आरडिसि नेपालको आयोजन र युनिसेफ तथा वल्र्ड एजुकेशनको सहयोगमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रमको अध्यक्षता आरडिसिका अध्यक्ष पारस हुसैनले गर्नु भएको थियो भने विशिष्ट अतिथीको रुपमा जिल्ला शिक्षा सम्न्वय इकाइ रौतहटका कार्यालय प्रमुख रामनिय सिंह रहनु भएको थियो । कार्यक्रम संचालन राजिव कुमार सिंहले गर्नु भएको थियो । मातृभाषाको माध्यम बाट शिक्षण सिकाइको बारेमा कानुनी प्रावधान र प्रचलित अभ्यासहरुको जानकारी गर्न,मातृभाषाको माध्यम बाट शिक्षण सिकाइ क्रियाकलापहरुको महक्तवको बारेमा जानकारी गराउने उदेश्यले अन्तरक्रिया गरिएको थियो । जिल्लाको १८ वटै पालिकाका शिक्षा संयोजक , शिक्षा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वर्लड एजुकेशनका सुसिल यादवले मातृभाषा सम्बन्धिी कानुनि प्रावधान र प्रचलित अभ्यासहरुको जानकारी गराउनु भएको थियो । सो अवसरमा काका सामुदायिक अध्ययन केन्द्रका सर्लाहीका अध्यक्ष कमलेश्वर सिन्हा , परोहा नपाका निम्ति प्रमुख प्रशासकिय अधिकृत ओमप्रकाश यादव , शिक्षा संयोजक कृष्ण साह , कटहरिया नपाका शिक्षा सह संयोजक सुरेन्द्र ठाकुर,आरटिआइ का जिल्ला संयोजक इशा राइन , साहित्यकार संजय साह मित्र , प्रअ किसुन दयाल यादव , प्रअ रामअधार पासवान , शिक्षक शेष चाँद अलि सहित दर्जनौ व्यक्तीहरुको सहभागिता रहेको थियो ।