विणा श्रीवास्तव । गौर । चैत्र १३ गते ।
भन्सार छलीका सर–सामानहरु प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत बिहिवार जिल्ला प्रहरी कार्यालयबाट र मातहत प्रहरी इकाईहरुबाट विभिन्न स्थानहरुमा खटिएको प्रहरी गस्ती टोलीले अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको कपडा, विस्कुट, चिनी र भन्सार छलीमा प्रयोग भएको मोटरसाईकल लगायतका अन्य सर–सामानहरु बरामद गरेको हो । सो सामानहरु अन्दाजी मूल्य एक लाख उन्नाईस हजार चार सय पचास बराबरको १ वटा मोटरसाईकल र अन्य मालबस्तु वेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि बिहिबार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।