प्रदिप दास । रौतहट । चैत्र १३ गते ।
सामाजिक सुरक्षा भक्ता नपाएको भन्दै बुद्धबृद्धाले बौधीमाइ नगरपालिका मा घेराउ गरेका छन् । रौतहट जिल्लाको दक्षिणी भेग बौधीमाई नगरपालिकाको कार्यालयमा स्थानीयले घेराउ गरेका छन् । नगरपालिकाले समाजिक सुरक्षा भत्ताको रकम नदिएको भन्दै स्थानी बुद्धबृद्धाले नगरपालिकाको कार्यालयमा घेराउ गरेका थिए । यस आर्थिक बर्षको सामाजिक सुरक्षा भत्ताको रकम नगरपालिकाले उपलब्ध नगराएको भन्दै ठुलो संख्यामा उपस्थित भएका स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको स्थानीय बासिन्दाले जानकारी दिएकाछन् । सो नगरपालिकामा पछिल्लो समय बृद्धबृद्धाले आफ्नो सामाजिक सुरक्षा भत्ता वापतको रकम नपाएको भन्दै तालाबन्दी गरेका छन् । सो नगरपालिकाले बाल पोषण भत्ता समेत बितरण नगरेको स्थानीयको भनाइ रहेको छ ।