प्रदीप दास। गरुडा। चैत्र १५ गते।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको वडा नम्बर -८ जलैया चौकमा रहेको ए.एम.आर. ईट्टा उद्योगको होलि मिलन समारोह कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा ईट्टा उद्योगमा काम गर्ने कामदारहरुलाई अबिर र माला लागाई भेस्ट ,गन्जी,पुरस्कार र काम गरेको वापत ज्याला वितरण गरेको छ। यसका साथै उक्त ईट्टा उद्योगमा ६ महिनाको अवधिमा सबै भन्दा धेरै ईट्टा बनाएको दुई जनालाई सम्मान स्वरूप उपहार प्रदान गरिएको छ। त्यस ईट्टा उद्योगमा काम गर्ने २२५ जना कामदारमध्ये सबैभन्दा बढी १ लाख ३४ हजार ईट्टा पाथेको देवाही गोनाही नगरपालिका वडा नम्बर -६ का कर्कच निवासी जानकी पण्डित प्रथम भएको र वहाँलाइ उपहार स्वरूप साईकल पुरस्कार प्रदान गरेको छ र १लाख ३० हजार ईट्टा पाथेको दोश्रो व्यक्ति कटहरिया नगरपालिका वडा नम्बर -८ निवासी बिनोध यादवलाई उपहार स्वरूप मोबाईल पुरस्कार प्रदान गरिएको ए.एम.आर. ईट्टा उद्योगका संचालक अरबिन्द कुमार यादवले जनाएका छन् । सो अवसरमा ए.एम.आर. ईट्टा उद्योगका संचालक ,मेनेजर ,सयौ पथेराहरुलाई अबिर, माला र पुरस्कारका साथ् सम्मान गरि होलि मिलन समारोह कार्यक्रम सम्पन्न भएको छ ।