ओम प्रकाश यादव । रौतहट । चैत्र १८ गते
होली पर्वको शुभअवसरमा रौतहटको कटहरियामा शनिबार वर्तमानकाल दैनिक पत्रिकाको होली मिलन समारोह कार्यक्रम सम्पन्न भएको छ ।कटहरियाबाट प्रकाशन हुने वर्तमानकाल दैनिक पत्रिकाको शनिबार होली मिलन समारोह कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न भएको छ ।कटहरिया नगरपालिकाकी उपप्रमुख नूरजहाँ खातुनको प्रमुख आतिथ्य तथा पत्रिकाका प्रकाशक सम्पादक रौशन चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
होली पर्वको अवसर पारेर पत्रिकाका सञ्चालकले होली मिलन समारोह कार्यक्रमको आयोजना गरेको थियो ।
वर्तमानकाल दैनिक पत्रिकाको कार्यालय कटहरियामै उक्त कार्यक्रम सम्पन्न भएको हो ।वर्तमानकाल दैनिक पत्रिका गत २०७७ माघ २६ गते देखि नियमित रूपमा प्रकाशित हुदै आएको छ ।कार्यक्रमका प्रमुख अतिथि नुरजहाँ खातुनले वर्तमानकाल दैनिकले जनताको विश्वास जित्ने गरी समाचार सम्प्रेषण गर्नुपर्ने बताएकी छिन ।कुनै पार्टी, नेता वा व्यक्तिको पछाडि नपरी स्वतन्त्र रुपमा निष्पक्ष भएर आम नागरिकको समस्याको बारेमा खबर सम्प्रेषण गर्न उनले सुझाव दिएकी हुन ।
पत्रकारले इमान्दारीपुर्वक निस्वार्थ भएर खबर प्रकाशन गरे समाजमा हुने गरेको विभिन्न किसिमका विकृति विसंगतिको अन्त्य हुने र भ्रष्टाचारमा समेत कमी आउने उनले बताईन ।पत्रिका प्रकाशनका लागि आफुले सक्दो सहयोग पनि गर्ने उनले प्रतिबद्धता जनाएकी हुन ।कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार, पत्रकार एवं यस पत्रिकाका स्तम्भकार सञ्जय साह मित्रले यो पत्रिकाको चौतर्फि विकासका लागि आ आफना कलमलाई अझै तिव्र गतिमा चलाउन पत्रिकामा आवद्ध सबै पत्रकारलाई आग्रह गरेका हुन ।सबैको साथ सहयोगले यो पत्रिका थोरै दिनमा रौतहट सहित प्रदेश २ का जिल्लाहरुमा लोकप्रिय भएको पत्रकार सञ्जय साह मित्रले बताएका छन ।
सबैको साथ र सहयोग यस्तै रहे अबको केहि दिनमै यो पत्रिका क वर्गमा पर्ने र देशमै लोकप्रिय हुने समेत पत्रकार मित्रले विश्वास व्यक्त गरेका हुन ।
कार्यक्रममा आफना शुभकामना मन्तव्य राख्दै अर्का वरिष्ठ पत्रकार एवं लेखक श्रीमननारायण मिश्रले खोजमुलक तथा सत्य तथ्य समाचार सम्प्रेशन गरे चाडै पत्रिकाको विकास हुने र क वर्गमा पर्ने बताएका छन ।
पत्रिकामाथी आम जनताको आशा, भरोसा र विश्वास रहेकाले सत्य तथ्य समाचार मात्र प्रकाशन गर्न पत्रकार मिश्रले सुझाव दिएका हुन ।वर्तमानकाल दैनिकले थोरै समयमा लोकप्रिय पत्रिकाको रुपमा स्थापित भएको र निरन्तर रुपमा अगाडि बढदै गएको समेत उनले बताए ।आम नागरिकको दैनिक जिवनयापनमा भइरहेको कठिनाई र झेलिरहेको समस्याको बारेमा समाचार तयार पार्न बढी ध्यान दिनुपर्ने उनले सुझाव दिएका हुन ।
कार्यक्रममा युवा नेता एवं समाजसेवी नश्रुदिन अन्सारी, साहित्यकार संजय सुदामा, किसुनदयाल सहनी, पत्रकार संजय मिश्रा, प्रकाश श्रेष्ठ लगाएतका व्यक्तिहरुले आफना शुभकामना मन्तव्य राखेका थिए भने पत्रिकाका कार्यकारी सम्पादक राजु श्रीवास्तले स्वागत मन्तव्य राखेका थिए भने पत्रिकाका सह सम्पादक ओम प्रकाश यादवले कार्यक्रम सञ्चालन गरेका थिए ।
बिशिष्ट अतिथि ईलाका प्रहरी कार्यालय गरुडाका डीएसपी रबि रावल , दुधियाभार ससश्त्र प्रहरी बेस कैम्पका प्रहरी निरीक्षक ,ईलाका प्रहरी कार्यालय कटहरियाका सई, बारा सहकर्मी अमरेश पाण्डे ,उपेन्द्र पासवान ,पर्सा सहकर्मी एमडी रियाज , सम्पादक उपेन्द्र मिश्रा , कार्यकारी सम्पादक आरके श्रीवास्तव,सह–सम्पादक ओमप्रकाश यादव ,व्यवस्थापक रामआधार यादव , फोटो पत्रकार प्रदीप दास ,राजेश पासवान ,कटहरिया बहुमुखी क्याम्पस प्रमुख गजेन्द्र प्रसाद यादव ,कटहरिया म्युजिकल एफएमका स्टेसन मेनेजर प्रकाश श्रेष्ठ ,मधेश मसला एफएमका स्टेसन मेनेजर एवं पत्रकार मनोज चौधरी ,राजेश्वर पाण्डे ,कृष्ण तिवारी ,रुपेन्द्र पटेल ,गौर सहकर्मी स्मिथ रजक ,मधेशजन अवाज एफएमका स्टेसन मेनेजर विजय साह,रमेश कुमार यादव ,राधेश्याम यादव ,कटहरिया नगरपालिकाका स्टोर इन्चार्ज छोटेलाल मिश्रा , संजय कुशवाहा ,सागर संगम ठाकुर ,उमेश यादव लगायत बिभिन्न क्षेत्रका पत्रकारहरुको उपस्थितिमा होलि मिलन समारोह भव्य रूपमा सम्पन्न भएको हो ।