स्मिथ रजक । वस । चैत १९
परोहा न.पा लौकाहा अस्थाई प्रहरी पोस्टमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत स्थानीय तह र नेपाल प्रहरीको शान्तिपूर्ण एवं सुरक्षित समाज का लागि लौकाहा बजार क्षेत्रलाई सुरक्षित बनाउन उद्देश्यले न.पा को आर्थिक सहयोग बाट ऋऋत्ख् कैमरा जडान भएको छ । ऋऋत्ख् कैमरा जडान कार्य सम्पन्न भएपछी रौतहट जिल्ला प्रमुख अधिकारी इन्द्रदेव यादव तथा रौतहट जिल्ला प्रहरी प्रमुख सिद्धि बिक्रम साह ,परोहा न.पा का प्रमुख शेख वकिल, न.पा प्रमुख प्र.अ. ओम प्रकाश यादव लगायत न.पा का स्थानियहरुको रोहवरमा उद्घाटन सम्पन्न भएको छ। उक्त जडान कार्य जिशान नेटवर्क प्रा.लि ले जडान गरी परीक्षण पश्चात उद्घाटन भएको प्रहरी पोस्ट लौकाहाले जानकारी गराएको छ। उद्घाटन समारोह लाई सम्बोधन गर्दै न.पा प्रमुख शेख वकिल ले यस अस्थायी पोस्ट लाई स्थायी बनाउने क्रममा जोड दिन जिल्ला अधिकारी र प्रहरी प्रमुख लाई आग्रह समेत गर्नु भयो ।