स्मिथ रजक । गौर । १९ चैत्र
रौतहट जिल्लाको एक पालिकामा उत्थान परियोजना अन्तर्गत स्वास्थ्य संस्थाको सेवा सुविधा सम्बन्धका स्वास्थ्य संस्था ,नगरपालिका ,वडा कार्यालय तथा सेवाग्राही बिच सार्वजनिक सुनुवाइ कार्यक्रम आज बिहिबार सम्पन्न भएको हो ।
ड्व्लुएचएचको सहयोग तथा असमान नेपालको आयोजना,राजपुर नगरपालिकासङ्गको सहकार्यामा वडा उत्थान परियोजना कार्यक्रम गरिएको हो ।
राजदेवी नगरपालिका वर्डा नम्बर १,२ का स्वास्थ्य सेवा ग्राही,सम्बन्धि स्थानीय जनप्रतिनिधि बिच सार्वजनिक सुनुवाई गरिएको थियो ।
वडा स्वास्थ्य सेवा सुविधा लिनेहरु सङ्ग नगरपालिकाले दिएको सेवा सम्बन्धि अन्तर सम्वाद गरि आएका प्रश्नहरुको जवाफ सम्बन्धित जनप्रतिनिधिद्वारा दिन लगाउदै सो समस्या आउदो दिनमा न दोहोरिने गरि निकाय सङ्ग समन्वय गरिने असमान नेपालका जिल्ला संयोजक हरेराम ठाकुरले बताएका थिए ।