प्रदीप दास । चैत २० गते
रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ८ सोनरनियामा नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेला सम्पन भएको छ ।
वडा नं. ८ का वडा सभापति दामोदर प्रसाद यादवको अध्यक्षतामा प्रमुख आथिती रौतहट क्षेत्र नं. ३ का पुर्व सांसद एवम संबिधान सभा सदस्य शुनिल यादव उर्फ जितेन्द्र, बिशिष्ट अथिती क्षेत्र नं. ३ (क) का बिधायक प्रत्यासी रामनरायण यादव, अथितीमा श्री प्रसाद यादव,जिल्ला कोषाध्यक्ष भोला यादव सहित १५० जनाको सहभागितामा सो भेला संम्पन भएको हो ।
बैठकमा हाल गाउ गाउमा रहेको नेपाली कंग्रेस पार्टी संगठन सक्रिय कार्यकर्ता आम जनताको पार्टी प्रतिको धारणा सम्बन्धमा छलफल भएको छ ।
केही दिन देखि नेपाली कांग्रेस क्षेत्र नं ३ का पार्टी नेतृत्व वर्गले क्षेत्रको बिभिन्न टोल टोलमा पुगी पार्टी संगठन विस्तार र पार्टी सुद्धृढिकरण सम्बन्धि अन्र्तरक्रियाको साथै सक्रिय सदस्य छनौटमा व्यस्त रहेको गनिलाल यादवले जानकारी दिनु भयो ।